IME Life New

नेपाल पुनर्बीमा कम्पनीको सीईओमा ७ जनाको पर्यो आवेदन, को-को छन् दौडमा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ७ जनाको आवेदन परेको छ। कम्पनीले गत फागुन ७ गते सीईओमा दरखास्त आह्वान गरेको थियो। कम्पनीमा खुला प्रतियोगिताबाट सीईओ पदपूर्ति गर्न दरखास्त आह्वान गरेको थियो। इच्छुक उम्मेदवारले हिजो फागुन २७ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।

अन्तिम दिनसम्म ७ जनाले आवेदन दिएका हुन्। आवेदन दिनेमा श्रीमान कार्की, दामोदर भण्डारी, सुरेन्द्र थापा, उज्ज्वलराज अर्याल, शेखर बराल, नारायणकुमार भट्टराई र बुद्धकाजी श्रेष्ठ छन्। श्रीमान कार्की साबिक बीमा समितिका पूर्वकामु कार्यकारी निर्देशक एवं सिटिजन लाइफ इन्स्योरेन्सका पूर्वस्वतन्त्र सञ्चालक हुन्। दामोदर भण्डारी नेपाल पुनर्बीमा कम्पनीमा निमित्त सीईओ छन् भने शेखर बराल राष्ट्रिय बीमा कम्पनीका पूर्वसीईओ हुन्।

Esewa
Crest

उज्ज्वलराज अर्याल नेपाल पुनर्बीमा कम्पनीका पूर्वकर्मचारी हुन् भने बुद्धकाजी श्रेष्ठ साबिक युनाइटेड इन्स्योरेन्सका पूर्व सञ्चालक छन्। नारायणकुमार भट्टराई साबिक गुँरास लाइफ इन्स्योरेन्सका पूर्वसीईओ र सुरेन्द्र थापा साबिक राष्ट्रिय बीमा संस्थानका पूर्वसहायक प्रशासक र अजोड इन्स्योरेन्सको पूर्वडीसीओ हुन्।

बीमा ऐन, २०७९ बमोजिम न्यूनतम शैक्षिक योग्यता र अनुभव हासिल गरेका इच्छुक योग्य नेपालीले दरखास्त पेस गर्न सक्ने व्यवस्था गरिएको थियो।

इच्छुकले दरखास्त पेस गर्दा शैक्षिक योग्यता, अनुभव, सम्पर्क ठेगाना (ई–मेल, टेलिफोन, मोबाइल नम्बर घर वा कार्यालयको ठेगाना) खुलेको विस्तृत वैयक्तिक विवरण, उम्मेदवार आफैँले प्रमाणित गरेको नेपाली नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्र, तालिम तथा अनुभवको कागजातको प्रतिलिपि, उम्मेदवारले ५ हजार शब्दमा नबढ्ने गरी व्यावसायिक कार्ययोजना चार प्रति र कार्यविधिको अनुसूची–२ बमोजिमको दरखास्त र कार्यविधिको दफा ६ बमोजिमको स्वयं घोषणा गरेको हुनुपर्ने व्यवस्था गरिएको थियो। दरखास्त काठमाडौंको थापाथलीस्थित कम्पनीको कार्यालयमा पेस गर्न भनिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

56%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

11%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS