IME Life New

दुई पुनर्बीमकले गरे पौने ३६ अर्ब लगानी, कुन क्षेत्रमा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका दुईवटा पुनर्बीमा कम्पनीले विभिन्न क्षेत्रमा पौने ३६ अर्ब रुपैयाँ लगानी गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३५ अर्ब ७४ करोड रुपैयाँ लगानी गरेका हुन्। यी दुवै कम्पनीको लगानीको ठूलो हिस्सा वाणिज्य बैंकहरुको मुद्दति निक्षेपका रुपमा रहेको प्राधिकरणको तथ्यांकले देखाएको छ।

प्राधिकरणको नियमअनुसार पुनर्बीमा कम्पनीहरुले आफ्नो लगानीको न्यूनतम ३० प्रतिशत वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न पाउँछन्। प्राधिकरणका अनुसार वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा नेपाल पुनर्बीमा कम्पनीले १४ अर्ब ९३ करोड २५ लाख रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सले १३ अर्ब ४६ करोड १० लाख रुपैयाँ लगानी गरेका छन्।

Esewa
Crest

यसैगरी पुनर्बीमा कम्पनीले विकास बैंकहरुमा मुद्दति निक्षेपका रुपमा कुल लगानीको बढीमा १० प्रतिशत लगानी गर्न पाउने व्यवस्था छ। जसअनुसार विकास बैंकहरुमा नेपाल पुनर्बीमा कम्पनीले २ अर्ब ३ करोड ९९ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गरेको छ। हिमालयन रिइन्स्योरेन्सले भने विकास बैंकहरुको मुद्दति निक्षेपमा लगानी गरेको छैन।

पुनर्बीमा कम्पनीले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्रमा न्यूनतम २० प्रतिशत लगानी गर्न पाउने व्यवस्था गरेको छ। यस्ता बचतपत्र र ऋणपत्रमा नेपाल पुनर्बीमा कम्पनीले ३० करोड रुपैयाँ लगानी गरेको छ। हिमालयन रिइन्स्योरेन्सले बचतपत्र र ऋणपत्रमा लगानी गरेको छैन।

पुनर्बीमा कम्पनीहरुले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा कुल लगानीको बढीमा २० प्रतिशत लगानी गर्न पाउने व्यवस्था छ। यस्ता शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा नेपाल पुनर्बीमा कम्पनीले १ अर्ब ९० करोड ३२ लाख रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सले १ अर्ब १७ करोड ७७ लाख रुपैयाँ लगानी गरेको छ।

प्राधिकरणले पुनर्बीमा कम्पनीहरुलाई कुल लगानीको ५ प्रतिशत नागरिक लगानी कोष र म्युचुअल फन्डमा लगानी गर्न पाउने व्यवस्था गरेको छ। जसअनुसार नेपाल पुनर्बीमा कम्पनीले नागरिक लगानी कोष र म्युचुअल फन्डहरुमा ५ करोड ९ लाख रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सले ४ करोड रुपैयाँ लगानी गरेको छ।

यसैगरी अन्य संस्थापक शेयरमा नेपाल पुनर्बीमा कम्पनीले १० करोड २६ लाख रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सले २२ करोड ९७ लाख रुपैयाँ लगानी गरेको छ। सूचीकृत नभएका पब्लिक कम्पनीको शेयरमा नेपाल पुनर्बीमा कम्पनीले ५० करोड ७२ लाख रुपैयाँ लगानी गरेको छ। हिमालयन रिइन्स्योरेन्सले भने सूचीकृत नभएका पब्लिक कम्पनीको शेयरमा लगानी गरेको छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

17%
sad

दु :खी

17%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS