IME Life New

म्युनिख रिको नाफा लक्ष्यभन्दा माथि, आरओई भने १५.७% मा खुम्चियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युरोपको सबैभन्दा ठूलो रिइन्स्योरेन्स कम्पनी म्युनिख रिले वर्ष २०२३ मा लक्ष्यभन्दा बढी नाफा आर्जन गर्न सफल भएको छ। यो वर्ष कम्पनीले ४.६ अर्ब युरो नाफा आर्जन गरेको छ।

कम्पनीको उक्त नाफा गत अक्टोबरमा घोषित लक्ष्यभन्दा बढी हो। त्यतिबेला कम्पनीले वर्ष २०२३ मा ४.५ अर्ब युरो नाफा आर्जन गर्ने लक्ष्य घोषणा गरेको थियो।

Esewa
Crest

कम्पनीको यो नाफा अघिल्लो वर्ष २०२२ को तुलनामा भने कम हो। वर्ष २०२२ मा कम्पनीले ५.३ अर्ब युरो नाफा आर्जन गरेको थियो।

अघिल्लो वर्षको तुलनामा वर्ष २०२३ मा कम्पनीको बीमा सम्झौताबाट हुने आम्दानी बढेर ५७.९ अर्ब युरो पुगेको छ। अघिल्लो वर्ष कम्पनीको यस्तो आम्दानी ५५.४ अर्ब युरो थियो।

कम्पनीको रिटर्न अन इक्विटी (आरओई) भने घटेर १५.७ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष आरओई २०.२ प्रतिशत थियो। कम्पनीको आरओई घट्नुको मुख्य कारण प्राविधिक खर्च ७.१ अर्ब युरोबाट बढेर ७.६ अर्ब युरोप पुग्न रहेको कम्पनीले जनाएको छ।

वर्ष २०२३ मा कम्पनीको लगानी बढेर ५.४ अर्ब युरोप पुगेको छ। अघिल्लो वर्ष कम्पनीको लगानी २.९ अर्ब युरोपमा सीमित थियो। कम्पनीको सञ्चालन मुनाफा भने अघिल्लो वर्षको तुलनामा घटेर ५.७ अर्ब युरोमा खुम्चिएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ६.८ अर्ब युरो रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS