काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले म्युचुअल फण्डहरुलाई बाँडफाँड गरेको शेयरको लकइन अवधि चैत १० गते सकिने भएको छ । लकइन अवधि सकिएपछि म्युचुअल फण्डले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ । कम्पनीका अनुसार हाल ३७ हजार ४२० कित्ता शेयर म्युचुअल फण्डहरुको लकइन रहेको छ । चैत १० गतेबाट उक्त शेयरको लकइन खुल्दैछ ।


















