GBIME
IME Life

एनसेलमा विदेशबाट जम्मा ८ करोड रुपैयाँ पूँजी भित्रिएको छानबिन समितिको भनाई

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । निजी क्षेत्रको दूरसंचार कम्पनी एनसेल आजिआटा लिमिटेडको लगानी सम्बन्धमा छानबिन गर्न गठित कम्पनीले एनसेलमा हालसम्म जम्मा ८ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको तथ्य सार्वजनिक गरेको छ।

पूर्व महालेखा परीक्षक टङ्कमणि शर्मा दंगालको संयोजकत्वमा गठित एनसेल आजिआटा लिमिटेडको ८० प्रतिशत शेयर स्वामित्व बिक्री सम्बन्धमा अध्ययन समितिले सोमबार प्रतिवेदनको निष्कर्ष सार्वजनिक गरेको छ। पाँच सदस्यीय समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेको प्रतिवेदनमा एनसेलले नेपालमा दूरसंचार सेवा शुरु गरेयता हालसम्म प्रत्यक्ष वैदेशिक लगानीवापत जम्मा ८ करोड रुपैयाँ भित्रिएको तथ्य सार्वजनिक गरेको हो । छानबिन समितिका अनुसार यसबाहेक थप २ करोड नेपाली रुपैयाँ स्वदेशी लगानीका रुपमा एनसेलमा लगानी भएको छ। एनसेलमा जम्मा १० करोड रुपैयाँ पूँजी लगानी भएकोमा १ खर्ब रुपैयाँ भन्दा बढी मुनाफा कमाएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनका अनुसार एनसेलको विदेशी लगानीकर्ताले शीर्षकमा ६८ अर्ब रुपैयाँभन्दा बढी रकम विदेश लगि सकेका छन् ।

SKYWELL
Crest

एनसेलमा आफ्नो स्वामित्वमा रहेको ८० प्रतिशत शेयर आजियाटाले आफ्नो स्वामित्वको सबै शेयर बेलायतमा एक डलर चुक्ता पूँजी कायम गरेर खोलिएको नेपालीमूलका सिंगापुरी नागरिक शतिषलाल आचार्यको स्पेक्ट्रलाइट युकेलाई बिक्री गरेको थियो । नयाँ कम्पनीलाई अस्वाभाविक व्यवसायीक शर्तमा शेयर स्वामित्व बिक्रीको पछाडी कर छली मुख्य कारण रहेको आशंका सहित छानबिनको लागि सरोकारवालाले दबाब दिएपछि संघीय सरकारले मंसिर २१ गते एनसेलको शेयर खरिद बिक्रीबारेअध्ययन तथा छानबिन समिति गठन गरेको थियो ।

छानबिन समितिले स्पाइस सेल प्रालिकै अवस्थादेखि एनसेलमा भएको शेयर लगानी सम्बन्धमा थप अध्ययन गर्न सरकारलाई सुझाव दिएको छ। २०८५ सालमा नेपालमा स्थापना भएको एनसेल आजियाटा (साबिकको स्पाइस सेल प्रा.लि) को हालसम्म १४ पटक शेयर तथा स्वामित्व खरिद बिक्री भएका छन् । ती सबै कारोबारहरु नेपालबाहिर अफसोरमा भएकाले यो विषय गम्भीरतापूर्वक हेरिनुपर्ने सुझाव समितिले दिएको छ।

पछिल्लो समयमा शेयर स्वामित्व बिक्री गरिएको भनिएका शतिशलाल आचार्यसँग दूरसञ्चार सेवा सञ्चालनको अनुभव नभएको उल्लेख गर्दै समितिले ठूलो ग्राहक आधार भएको संवेदनशील दूरसंचार सेवाको सञ्चालनको लागि आवश्यक वित्तीय सबलता उनीसँग नरहेको टिप्पणी समेत गरेको छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

50%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS