IME Life New

नेको इन्स्योरेन्सको शेयर लिलाम बैशाख १९ देखि खुल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेको इन्स्योरेन्सले हकप्रदमा अवितरित करिब १ लाख कित्ता शेयर लिलाम मार्फत बिक्रि गर्ने भएको छ। इन्स्योरेन्सले बैशाख १९ देखि बैशाख २६ गतेसम्मका लागि ९९ हजार ९४९.११ कित्ता सेयर लिलाम मार्फत बिक्रि गर्ने जनाएको छ।

Esewa
Crest

माघ २६ देखि चैत्र १ सम्म ५० प्रतिशतका दरले हकप्रद बिक्रि खुला गर्दा अवितरित ९९ हजार ९ सय ४९ दशमलव ११ कित्ता शेयर लिलाम मार्फत  बिक्रि गर्न लागेको हो ।

लिलामीमा आउने शेयरहरु मध्ये ४ हजार ६३ कित्ता दशमलव ८७ कित्ता संस्थापक समुह तर्फको र बाँकि ९५ हजार ८ सय ८५ दशमलव २४ कित्ता सर्वसाधारण समुह तर्फका छन।

 

इच्छुक बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ।सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको साधारण शेयर पाउने छन।

प्रत्येक व्यक्ति वा संघसंस्थाले बैंकले लिलाममा राखेको साधारण शेयरका लागि बोलपत्र पेश गर्न सक्नेछन। तर संस्थापक सेयरधनीले मात्र संस्थापक सेयरका लागि आबेदन दिन पाउनेछन।

आवेदन फारम लिन र बुझाउन एनएमबि क्यापिटलको कार्यालय नागपोखरी नक्साल तथा एनएमबि बैंकका शाखाहरु बिराटनगर, बिरगंज, बुटवल, पोखरा , नेपालगंज, सुर्खेत, र धनगढि तोकिएका छन् । हकप्रद बिक्रि तथा वितरणपछी नेकोको चुक्तापुंजी १ अर्ब १७ करोड पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS