IME Life New

घोषणा बीमालेख के हो ? कस्तो अवस्थामा घोषणा बीमालेख खरिद गर्नु उपयुक्त हुन्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको निर्जीवन बीमा व्यापारमा ठूलो हिस्सा ओगटेको सम्पत्ती बीमालाई व्यवस्थित बनाउनका लागि नेपाल बीमा प्राधिकरणले सम्पत्ती बीमा निर्देशन २०८० जारी गरेको छ। निर्देशन मार्फत् प्राधिकरणले बीमा योग्य सम्पत्तीको बीमाका लागि आवश्यक प्रावधानहरुलाई एकीकृतरुपमा सम्बोधनको प्रयास गरेको छ। निर्देशनमा समेटिएका विभिन्न प्रकारका बीमालेखहरु मध्ये  घोषणा सम्पत्ती बीमालेख पनि एक प्रकारको सम्पत्ती बीमालेख हो ।

यो बीमालेखको नामबाट नै घोषणा गरिएको सम्पत्तीको जोखिम बहन गर्ने गरी जारी गरिएको बीमालेख हो भन्ने सामान्य अर्थ लगाउन सकिन्छ। सबै खाले सम्पत्ती बीमालेखमा पहिले नै बीमा गरिने सम्पत्तीको मूल्य घोषणा गरिने भएकाले सबै बीमालेखहरु पूर्व घोषणा गरिएका अर्थात् घोषित बीमालेख नै हुन् । तर निर्जीवन बीमा व्यवसायमा सम्पत्ती बीमालेख अन्तर्गत पनि गोदाममा राखिएका मालसामानको निश्चित शर्त अन्तर्गत जोखिम बहन गर्ने गरी घोषणा बीमालेख जारी गर्ने अभ्यास रहेको छ।

Esewa
Crest

हामीलाई थाहा छ की, उत्पादक वा व्यापारीले गोदाममा भण्डारण गरेर राखेको मालसामानको संख्या खरिद बिक्री कारोबार र उत्पादनको प्रकृयाका कारण नियमितरुपमा नै घटबढ भई रहेको हुन्छ।  उत्पादकले कच्चा पद्धार्थ अर्द्ध तयारी वस्तु र तयारी वस्तुहरु उद्योग परिसर वा परिसर बाहिर कुनै निश्चित स्थानमा भण्डारण गर्ने प्रबन्ध मिलाएको हुन्छ। कच्चा पद्धार्थको उपभोग नियमित जसो हुने गर्छ। यसको परिमाण चाहिँ उत्पादनको परिमाण र उद्योगको उत्पादन क्षमतामा निर्भर रहन्छ। यसबाहेक अर्द्ध तयारी वस्तु पनि उत्पादनको परिमाण र बजार मागको आधारमा घटबढ भई रहेको हुन्छ। अर्को तर्फ उत्पादित तयारी वस्तु समेत बजार मागसँगै वितरण सञ्जाल र वितरण प्रणालीबाट प्रभावित हुन्छ। तयारी वस्तुको मौज्दात पनि दैनिकरुपमा नै घटबढ हुनसक्छ। यस्तो अवस्थामा कुनै गोदाम वा परिसर भित्र रहेको मालसामानको जोखिम बहन गर्नुपर्ने भएमा जारी गरिने बीमालेखलाई घोषणा बीमालेख भनिन्छ।  घोषणा बीमालेख अन्तर्गत सम्पत्तीको मालिक अर्थात् बीमितले पूर्व घोषणा गरेको बीमाङ्कको सीमा भित्र रहने गरी बीमाको जोखिम निर्धारण हुन्छ।

निर्देशनको २० नम्बर निर्देशनमा उल्लेख भएको प्रावधान अनुसार मौज्दातको मात्रामा तलमाथि हुन सक्ने अवस्थामा निम्न शर्तहरुको अधिनमा रही निर्जीवन बीमकले बीमालेख जारी गर्न सक्छन्ः

क) बीमाङ्कको पुरै बीमाशुल्क बीमालेख जारी गर्नु अघि नै लिनुपर्नेछ ।

ख) कूल बीमाङ्क  रकम कम्तीमा पाँच करोड रुपैयाँ हुनुपर्नेछ।  कम भएमा घोषणा बीमालेख जारी गर्न पाइने छैन।

ग) बीमितले प्रत्येक महिना समाप्त भएको ३० दिन भित्र मौज्दातको संख्या र बजार मूल्यको आधारमा मौज्दातको मूल्य अनुसूची १० बमोजिम घोषणा गर्नुपर्नेछ।

घ) खण्ड ग अनुरुप बीमितले घोषणा नगरेमा पुरै बीमाङ्क रकम घोषणा गरेको मानिनेछ।

ङ) खण्ड ग बमोजिम घोषणा गरिएका रकमहरुको औषत साबिक बीमाङ्क भन्दा घटी हुन आउने भएमा त्यसरी घटी हुन आउने बीमाशुल्क रकम बीमितलाई फिर्ता गरिनेछ।तर  त्यसरी फिर्ता गरिने रकम शुरु बीमाशुल्कको पच्चीस प्रतिशतभन्दा बढी हुनेछैन ।

च) खण्ड ङ बमोजिम फिर्ता गर्नुपर्ने रकम बीमालेखको अवधि समाप्त भई अन्तिम घोषणा प्राप्त भएको पन्ध्र दिनभित्र अनुसूची ११ बजोजिम बीमालेख संशोधन तालिकामा जनाई नगद फिर्ता गरि सक्नुपर्नेछ।

सम्पत्तीको मालिकले बीमा गर्दा कूल मौज्दात भन्दा बढी हुने गरी मौज्दातको घोषणा गर्न पाउँदैनन् । साथै घोषणा बीमालेख जारी भई सकेपछि बीमाङ्क रकम घटाउन समेत मिल्दैन। निर्देशनमा वर्क इन प्रोग्रेश अर्थात् उत्पादनको प्रकृयामा रहेको मौज्दातको लागि घोषणा बीमालेख जारी गर्न नमिल्ने शर्त राखिएको छ । यो बीमालेख छोटो अवधि अर्थात १ वर्षभन्दा कम अवधिको लागि जारी गर्न नमिल्ने प्रावधान समेत निर्देशनमा छ ।

नेपाल बीमा प्राधिकरणले सम्पत्ती बीमालेख निर्देशन २०८० मार्फत् घोषणा बीमालेख प्रावधान ठूला व्यापारी र उद्योगीलाई मध्यनजर गर्दै प्राधिकरणले लागू गरेको देखिन्छ । कम्तीमा पाँच करोड रुपैयाँको मौज्दात घोषणा गर्नुपर्ने प्रावधान आफै‌ंमा व्यवहारिक र मझौला र साना उद्योगी र व्यापारीको हितमा छैन । व्यापारीले बीमालेख जारी गर्ने समयमै बीमाङ्क रकमको अधिकत्तम सीमा घोषणा गर्नुपर्ने शर्त भएकाले पाँच करोड रुपैयाँ बीमाङ्कको अतिरिक्त शर्त व्यवहारिक नभएको हो।

बीमालेख निर्देशनमा घोषणा बीमालेख अन्तर्गत उत्पादनको प्रकृयामा रहेका वस्तुको मौज्दातको जोखिम बहन गर्ने गरी बीमा गर्न नमिल्ने प्रावधान पनि अव्यवहारिक छ। अन्तःशुल्क लाग्ने वस्तु जस्तै चुरोट, मदिरा, बियर, इनर्जी ड्रिङ्क लगायतको उत्पादनका लागि अत्याधुनिक र स्वचालित मेशिनरी जडान गरिएको हुन्छ। यस्तो उद्योगहरुमा कति परिमाणमा कच्चा पद्धार्थको प्रयोग गर्दा कति समय भित्र कति परिमाणमा उत्पादन हासिल हुन्छ भन्ने तथ्य कम्प्युटरको सफ्टवेयरले नै सुनिश्चित गरिदिएको हुन्छ। यसलाई प्रमाणीकरण समेत गरिएको हुन्छ। यस्तो प्रकृतिका उद्योगले उत्पादन प्रकृयाका क्रममा निश्चित समयम सम्म वर्क इन प्रोग्रेश को अवस्थामै रहने वस्तको जोखिम बहनका लागि बीमा गर्नुपर्ने भएमा घोषणा बीमालेख काम लाग्दैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS