IME Life New

सगरमाथा लुम्बिनी इन्स्योरेन्सका लुम्बिनी प्रदेशमा कार्यरत कर्मचारीलाई पेसागत दक्षता अभिवृद्धि प्रशिक्षण कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले लुम्बिनी प्रदेशमा कार्यरत कर्मचारीहरुको पेसागत दक्षता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीको बुटवलमा पुस २७ र २८ गते आयोजना गरेको कार्यक्रममा ६५ भन्दा बढी कर्मचारीको उपस्थिति थियो।

कम्पनीले नेपाम बीमा प्राधिकरणको निर्देशिकाको कार्यान्वयन गर्दै आफ्ना कर्मचारीको क्षमता अभिवृद्धि गर्ने काम नियमित रुपम गरिरहेको छ। नेपाल बीमा प्राधिकरणका लुम्बिनी प्रदेशका प्रदेश प्रमुख पूर्णबहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न प्रशिक्षण कार्यक्रममा मार्केटिङ, अन्डरराइटिङ, दाबी, मानव संसाधन, ब्रान्डिङ, लेखा र ग्राहक सेवालगायतका विषयमा अन्तर्क्रियात्मक प्रस्तुतीकरण दिइएको थियो।

Esewa
Crest

प्रशिक्षण कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धकद्वय कविराज पौडेल तथा सुभाष दीक्षित तथा अन्य विभागीय प्रमुखद्वारा कर्मचारीहरुलाई प्रशिक्षण प्रदान गरिएको थियो।

उक्त प्रस्तुतीकरणमा प्रस्तुत तथा विवेचना गरिएकाका विषयले कर्मचारीहरुमा ज्ञान र उत्साहको सञ्चार भएको सहभागीहरुले प्रतिक्रिया दिएका छन्। मर्जरपश्चात सगरमाथा लुम्बिनी इन्स्योरेन्सले बजार विस्तार र ग्राहक सेवालाई पहिलो प्राथमिकता दिएको छ। बजार विस्तारलगायत ग्राहक सेवामा सबैभन्दा ठूलो भूमिका कर्मचारीहरुकै हुन्छ। यसले गर्दा कम्पनीले केन्द्रमा रहेका कर्मचारीहरुलाई मात्रै नभई प्रदेशस्तरका कर्मचारीलाई समेत उतिकै दक्ष बनाउने रणनीति बनाएको छ।

बीमा कम्पनीहरु काठमाण्डौ तथा प्रमुख शहरहरुमा मात्रै केन्द्रित रहँदै आएकोमा मर्जरपश्चात कम्पनीले आफ्नो व्यावसायिक क्षमतालाई अधिकतम उपयोग गर्दै ग्रामीण क्षेत्रमा पनि बजार विस्तार गर्न लागि परिरहेका छन्। कम्पनीको यो कार्य सरहानीय रहेको सहभागीहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS