IME Life New

स्वेज नहर संकटः निर्यातकर्तालाई बीमा कम्पनीको रेड सिग्नल, सिपमेन्ट बीमा गर्न अस्वीकार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। स्वेज नहर संकटका कारण भारतीय निर्यातकर्ताको समस्या बढ्न थालेको छ। सिपमेन्ट स्थगन र ढुवानी लागत बढेसँगै बीमा कम्पनीहरुले सिपमेन्टका लागि बीमा कभर प्रदान गर्न अस्वीकार गरिरहेका छन्।

भारतीय निर्यात संगठन महासंघ (एफआईईओ)ले यस विषयमा सहयोगका लागि सरकारसँग अपिल गरेको छ। भारतमा उत्पादित वस्तुको मूल्य नबढोस् र विदेशी बजारमा भारतीय निकासी प्रतिस्पर्धी बन्न नदिन आयात शुल्क घटाउन पनि एफआईईओले आग्रह गरेको छ।

Esewa
Crest

यसैबीच भारतको वाणिज्य मन्त्रालयले निकासीकर्ताको समस्याबारे छलफल गर्न अर्को साता अन्तरमन्त्रालय बैठक बोलाउने भएको छ।

इजरायल–हमास युद्धको बीच यमनका हुथी विद्रोहीहरुले लालसागर क्षेत्रमा जहाजहरुलाई निशाना बनाएका छन्। लालसागरले युरोप र एशियालाई स्वेज नहरमार्फत जोड्छ। हुथी आक्रमणबाट बच्न कार्गो जहाजहरु अफ्रिकाको केप अफ गुड होपको लागि मार्ग लिइरहेका छन्। यसले थप समय लिइरहेको छ।

एफआईईओका महानिर्देशक तथा प्रमुख कार्यकारी अधिकृत डा अजय सहायले भने, ‘भाडा लागत बढ्दै गएको छ। यस मार्गमा ढुवानीको लगभग २५ प्रतिशत अर्को महिनाका लागि स्थगित गरिएको छ। निर्यातमात्र होइन आयातमा पनि ढिलाइ भइरहेको छ। लामो मार्गहरु लिने जहाजहरुले कम्तीमा १५ दिन बढी लिनेछन्। यी सबैले निर्यात–आयातमा असर गर्ने निश्चित छ।’

सहायले केही बीमा कम्पनीले लालसागरबाट जाने जहाजलाई बीमा कभर नदिने निर्णय गरेको बताए। ‘हामी कम्पनीहरुलाई बीमा जारी राख्न सरकारसँग आग्रह गर्न चाहन्छौं। यदि जोखिम बढेको छ भने कम्पनीहरुले सोहीअनुसार प्रिमियम बढाउनुपर्छ, तर बीमा कभर जारी राख्नुपर्छ’, उनले भने, ‘यदि संकट जारी रह्यो भने कच्चा तेलको मूल्य बढ्न सक्छ। यसले मुद्रास्फीतिलाई निश्चित रुपमा असर गर्छ। सरकारले आयात शुल्क घटाउनुपर्छ। यसबाट निकासीका लागि तयार बस्तुको मूल्य नियन्त्रणमा राख्न सकिन्छ र विदेशी बजारमा हाम्रो निर्यातको प्रतिस्पर्धात्मकतामा असर पर्दैन।’

स्वेज नहर संकटलाई मध्यनजर गर्दै भारतको वाणिज्य मन्त्रालयले अर्को साता अन्तरमन्त्रालय बैठक बोलाएको छ। जसमा विदेश, रक्षा, पानीजहाज, वित्त र वाणिज्य मन्त्रालयका वरिष्ठ अधिकारीहरु सहभागी हुनेछन्। बैठकमा स्वेज नहर संकटको असरबाट भारतको निर्यात–आयातलाई जोगाउने उपायबारे छलफल हुनेछ।

हालै दिल्लीस्थित थिंक ट्यांक रिसर्च एन्ड इन्फर्मेसन सिस्टम फर डेभलपिङ कन्ट्रिजले स्वेज नहर संकटका कारण चालु आर्थिक वर्षमा भारतीय निर्यातलाई ३० अर्ब डलरसम्म नोक्सान हुने अनुमान गरेको थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS