IME Life New

कारोबारमा आएको ४ दिनमै नेप्सेमा १३ औँ ठूलो कम्पनी बन्यो हिमालयन रिइन्स्योरेन्स 

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कारोबारमा आएको ४ दिनमै नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हिमालयन रिइन्स्योरेन्स १३ औँ ठूलो कम्पनी बन्न सफल भएको छ। यो कम्पनीको अन्तिम कारोबार दिन पुस २६ गते बिहीबारको अन्तिम मूल्य ४५२.६० रुपैयाँलाई आधारमान्दा कम्पनीको कुल बजार पुँजीकरण ४५ अर्ब २६ करोड रुपैयाँ पुगेको छ।

नेप्सेको पछिल्लो तथ्यांकअनुसार सबैभन्दा धेरै पुँजीकरण भएको कम्पनीमा नेपाल टेलिकम पर्दछ। टेलिकमको पुँजीकरण १ खर्ब ६० अर्ब हुँदा १० औँ स्थानमा रहेको स्ट्यान्डर्ड चार्टड बैंकको पुँजीकरण ४९ अर्ब ७८ करोड रुपैयाँमात्र छ।

Esewa
Crest

कारोबारमा आएदेखि हिमालयन रिइन्स्योरेन्सको शेयर नेप्सेमा माथिल्लो सर्किट लेभलमा कारोबार भएको छ। पहिलो कारोबार दिन कम्पनीको शेयर ३०९.२० रुपैयाँमा खुला भएको थियो भने सोही दिन ३४०.१० रुपैयाँमा बन्द भएको थियो। पछिल्लो कारोबार दिन बिहीबार कम्पनीको ३७ हजार ४४५ कित्ता शेयर कारोबार भएको थियो।

कुल बजार पुँजीकरण धेरै भएका कम्पनीको मूल्यमा भएको उतारचढावले नेप्से परिसूचकलाई धेरै असर गर्ने गर्दछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

58%
happy

खुसी

0%
sad

दु :खी

3%
amazed

अचम्मित

22%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS