IME Life New

नेपाल पुनर्बीमा कम्पनीको चौथो त्रैमासको रिपोर्ट आयो, खुद नाफा बढ्दा अन्य सूचक कस्ता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिसम्म कम्पनीले खुद नाफा बढेको छ। चौथो त्रैमाससम्म कम्पनीले निर्जीवन र जीवन बीमा व्यवसायबाट कुल १ अर्ब ८ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जसमा निर्जीवन बीमा व्यवसायबाट ९१ करोड २० लाख रुपैयाँ र जीवन बीमा व्यवसायबाट १७ करोड ६६ लाख रुपैयाँ रहेको छ।

Esewa
Crest

अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले निर्जीवन बीमा व्यवसायबाट ५६ करोड ५० लाख रुपैयाँ र जीवन बीमा व्यवसाय १० करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको निर्जीवन व्यवसायतर्फको खुद बीमाशुल्क घटेको छ भने जीवन व्यवसायतर्फ बढेको छ। अघिल्लो वर्ष निर्जीवन बीमा व्यवसायबाट कम्पनीले ८ अर्ब ८७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेकोमा समीक्षा अवधिमा घटेर ५ अर्ब ५० करोड रुपैयाँमा सीमित बनेको छ। त्यस्तै, अघिल्लो वर्ष जीवन बीमा व्यवसायबाट कम्पनीले १ अर्ब ८८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर २ अर्ब १ करोड रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको दाबी भुक्तानी निर्जीवन व्यवसायतर्फ बढेको छ भने जीवन व्यवसायतर्फ घटेको छ। अघिल्लो वर्ष निर्जीवन व्यवसायतर्फ ५ अर्ब ८ करोड रुपैयाँ दाबी भुक्तानी गरेकोमा समीक्षा अवधिमा बढेर ५ अर्ब ४० करोड रुपैयाँ पुगेको छ। जीवन व्यवसायतर्फ भने अघिल्लो वर्ष १ अर्ब ४६ करोड रुपैयाँ दाबी भुक्तानी गरेकोमा समीक्षा अवधिमा बढेर १ अर्ब ४४ करोड रुपैयाँमा झरेको छ।

निर्जीवन व्यवसायतर्फ कम्पनीको व्यवस्थापन खर्च घटेर १२ करोड ७७ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष निर्जीवन व्यवसायतर्फको व्यवस्थापन खर्च १३ करोड २५ लाख रुपैयाँ भएको थियो। अघिल्लो वर्ष जीवन व्यवसायतर्फको व्यवस्थापन खर्च २ करोड ४६ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा बढेर ३ करोड ९७ लाख रुपैयाँ पुगेको छ।

चुक्तापुँजी १२ अर्ब ८१ करोड रुपैयाँ रहेको कम्पनीको निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा ३ अर्ब ४३ करोड रुपैयाँ र जीवन व्यवसायतर्फ ७१ करोड १९ लाख रुपैयाँ रहेको छ। अघिल्ला वर्ष निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा ६ अर्ब १३ करोड रुपैयाँ र जीवन व्यवसायतर्फ ६९ करोड ७६ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको बीमा कोषमा ३ अर्ब ४७ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष बीमा कोषमा २८ करोड ४७ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) वार्षिक ८.५० रुपैयाँ, मूल्य आम्दानी अनुपात (पीई रेसियो) ८६.४ गुणा र प्रतिसेयर नेटवर्थ १५९.५९ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS