IME Life New

सञ्चय कोषको स्वास्थ्य उपचार सुविधा अब तोकिएका अस्पतालबाट मात्र पाइने (अस्पतालको नामावली सहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ता स्वास्थ्य उपचार सेवाको सुविधा सञ्चयकर्ताको दम्पत्तीका लागि उपलब्ध गराउने भएको छ। कोषले सार्वजनिक सूचना जारी गर्दै आगामी फागुन १ गतेदेखि यो सुविधा लागू हुनेछ।

कोषका अनुसार यसअघि सञ्चयकर्ताको उपचारका लागि मात्र कोष अन्तर्गत सुविधा उपलब्ध हुँदै आएकोमा अब सञ्चयकर्ताको श्रीमति वा श्रीमान् समेतले उपचार सुविधाको रकम दाबी गर्न पाउने भएका छन् । कोषले सञ्चयकर्तालाई सामान्य उपचारका लागि वर्षमा बढीमा १ लाख रुपैयाँ र घातक रोगको उपचारका लागि सेवा अवधिभरमा १० लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ। अब यो सुविधा रकम सञ्चयकर्ताको श्रीमान् श्रीमति दुबैले आफ्नो उपचारका लागि दाबी गर्न पाउनेछन् । कोषले श्रीमान् श्रीमति दुबैलाई यो सुविधामा समावेश गरेपनि सुविधावापतको रकम वृद्धि गरेको छैन।

Esewa
Crest

यसैगरी दाबी रकमको दुरुपयोग रोक्न र सञ्चयकर्तालाई नगद रहित उपचार सेवा उपलब्ध गराउने तयारी स्वरुप कोषले सूचीकृत अस्पतालहरुबाट सेवा लिएको अवस्थामा मात्र सुविधा वापतको रकम भुक्तानी गरिने घोषणा गरेको छ। कोषका अनुसार सूचीकृत बाहेकका अस्पताल वा स्वास्थ्य संस्थाबाट उपचार गराएको अवस्थामा कोषबाट उपचार खर्च सुविधावापतको रकम सोधभर्ना दिइने छैन । कोषले सातवटै प्रदेशका सूचीकृत अस्पताल तथा स्वास्थ्य संस्थाहरुको नामावली सार्वजनिक गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

63%
happy

खुसी

13%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS