IME Life New

कडा अण्डराइटिङ र बीमा दरमा वृद्धिले विश्वव्यापी पुनर्बीमकको पूँजी क्षयीकरणबाट जोगियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन् २०२३ मा जलवायू परिवर्तन्, यूद्ध र अन्य कारणले नोक्सानीका बावजुद विश्वव्यापी पुनर्बीमा कम्पनीहरु पूँजी क्षयीकरणबाट जोगिन सफल भएका छन् । विश्वव्यापी रेटिङ एजेन्सी एएम वेष्टले सार्वजनिक गरेको सन् २०२३ को पुनर्बीमा व्यापार सम्बन्धी प्रतिवेदनमा अप्रत्याशित पूँजीगत लाभ र उच्च पुनर्लगानी दरका कारण प्रतिफल सुध्रिएसँगै पूँजी क्षयीकरणबाट जोगिएको हो ।

एएमवेष्ट विश्व वित्तीय बजारमा गत वर्षको बढ्दो ब्याज दरका कारण पुनर्बीमक कम्पनीले तुलनात्मकरुपमा बढी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी सार्ने अवसर पाएका थिए ।बेस्टको टिप्पणीमा भनिएको छ, “परम्परागत पूनर्बीमकले सन् २०२३ भर आफ्नो प्राविधिक नतिजामा भएको सुधारलाई अवसरमा बदल्नुका साथै जोखिमाङ्कनका क्रममा महँगो पुनर्बीमा शुल्क दर प्रस्ताव गर्नुको साथै केही उच्च जोखिम भएका क्षेत्रको पुनर्बीमा जोखिम स्वीकार्ने क्रममा कडा शर्त तेर्स्याएर सन् २०२२ मा भएको पूँजी क्षयीकरणलाई पूर्ती गर्न गत वर्ष केही उपलब्धी हासिल गरेका छन् ।

Esewa
Crest

एएम वेष्टले अगस्ट २०२३ मा परम्परागत पुनर्बीमकको पूँजीमा १२.२% वार्षिक वृद्धि दर हासिल गर्दै सन् २०२३ मा ४६१ बिलियन अमेरिकी डलर पुग्न् अनुमान गरेको थियो । यसबीचमा उत्तर अमेरिकी आँधीको असर समाप्त भएपछि पूनर्बीमकले पूर्वानुमानित वृद्धि दरको झण्डै दोब्बर वृद्धि हासिल गर्न सफल भए।

गाई कारपेन्टरका अनुसार तेस्रो-पक्ष पुनर्बीमा पूँजी २०२३ को लागि ४% को सामान्य वृद्धि हुने अपेक्षा गरिएको छ। २०२३ को लागि समग्र पुनर्बीमा पूँजी ५६१ अर्ब अमेरिकी डलर अपेक्षा गरिएको छ, जुन सन् २०२१ मा तोकिएको ५७० अर्ब अमेरिकी डलरको मानक भन्दा २ प्रतिशत कम हो। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS