IME Life New

ग्लोबल आइएमई बैंकले गर्यो आइएफसीसँग कर्जा लिने सम्झौता, वित्तीय तरलताको समाधान हुने बिश्वाश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं,  ग्लोबल आइएमई बैकले विश्व बैंक अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी) सँग ऋण लिने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

गत बिहिबार उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र आइएफसीका आवासीय प्रतिनिधि मोहमद रेहान रसिदले हस्ताक्षर गरेका हुन् ।

Esewa
Crest

नेपालमा पछिल्लो समयमा देखिएको वित्तीय तरलताको समाधानमा यो सम्झौताले योगदान पुरयाउने लक्ष्यका साथ उक्त सम्झौतामा हस्ताक्षर भएको बैंकले जानकारी दिएको छ ।

 

उक्त कर्जा सापटी सहमति नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात लागू हुनेछ । त्यस्तै विश्व बैंक अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी) ले ग्लोबल आइएमई बैकलाई ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम अन्तर्गत पनि ट्रेड लाइन प्रदान गरेकोे छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले १२२ वटा शाखा, १२८ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर ७९ शाखा रहित बैंकिङ्ग सेवा माफर्त ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टेलिया, बेलायत र भारतमा प्रतिनिधि सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ, भने जापान र अमेरिका मा पनि सम्पर्क कार्यालय स्थापना गर्ने तयारी गर्दै गरेको बुझीएको छ । त्यसैगरी बैंकले मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS