IME Life New

हिमालयन रिइन्स्योरेन्सले तत्काल लाभांश वितरण गर्दैन : सीईओ पौडेल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निजी क्षेत्रद्वारा प्रवर्द्धित पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्स लिमिटेडले प्रिमियमवापत स‌ंकलित रकम लाभांश वितरणमा प्रयोग नगर्ने भएको छ। हिमालय रिको प्राथमिक शेयर निष्काशनको नतिजा सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरुको जिज्ञासामा प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलले पुनर्बीमा व्यापारको प्रकृती अल्पकालीन भन्दा पनि दीर्घकालीन भएकाले तत्काल लाभा‌ंश वितरण प्राथमिकतामा नपर्ने बताएकी हुन् ।

हामी लङटर्म सस्टेनेबल र प्रोफिटेबल बिजनेशको अवधारणा बोकेर हि‌ंडेका छौ‌ं,पौडेलले बुधबार सञ्चारकर्मी माझ भनिन्, नाफा बाँड्ने भन्दा पनि स‌ंस्थालाई कसरी बलियो बनाएर लैजाने भन्ने हो । उनले प्रिमियम वापतको रकम कम्पनीको आफ्नै भवन निर्माणका लागि प्रयोग गर्ने वा आकर्षक प्रतिफलका लागि कुनै क्षेत्रमा लगानी गर्ने विषय विचाराधीन रहेको जानकारी दिइन् ।

Esewa
Crest

हिमालयन रि को भावी बजार विस्तार योजनाबारे जानकारी गराउँदै प्रमुख कार्यकारी अधिकृत पौडेलले नेपालभित्र मात्र सीमित नभएर अन्तर्राष्ट्रिय पुनर्बीमा बजारमा समेत नेपाल र हिमालयन रिइन्स्योरेन्सको नाम फैलाउने लक्ष्य रहेको बताइन् । अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी एएम वेष्टबाट रेटिङ प्राप्त नेपालको एक मात्र कम्पनी भएको उल्लेख गर्दै यसलाई कम्पनीको सबल पक्षका रुपमा उद्घृत गरेकी छिन् । उनले भनिन्, हामीलाई ५० देशबाट अफर आएका छन्,तीमध्ये २९ वटालाई हामीले प्रस्ताव पठाएका छौं ।

नयाँ पुनर्बीमा कम्पनीका लागि शुरूवाती चरणमा अन्तर्राष्ट्रिय बजारबाट व्यापार लिनु तुलनात्मकरूपमा जोखिमपूर्ण हुने भन्दै उनले ‘नयाँ कम्पनी हो, लि हाल्छ नि’ भनेर अलिक बढी रिस्क भएको व्यापारको प्रस्ताव धेरै आउने गरेको जानकारी दिइन्। कुन स्तरको जोखिम बहन गर्ने हो भन्नेमा हामी प्रष्ट छौ‌ं, प्रमुख कार्यकारी पौडेलले भनिन्, जोखिम चयन गर्ने सन्दर्भमा हामी अण्डरराइटिङ गाइडलाइनलाई लिएर एकदमै गम्भीर छौं।

कम्पनीले मंसिर २७ गतेदेखि पुस २ गतेसम्म सर्वसाधारणका लागि १०६ रुपैयाँ प्रिमियम समेत थपेर २०६ रुपैयाँका दरले प्राथमिक शेयर निष्काशन गरेको थियो । कम्पनीले  कूल २ करोड ४९ लाख कित्ता शेयर वितरण गरेको छ। कूल जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणलाई बिक्री गरेपछि हिमालयन रिको चुक्ता पूँजी १० अर्ब रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

13%
excited

उत्साहित

67%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS