IME Life New

बीमा रकमको दायरा बढाउने प्रधानमन्त्रीको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालको बीमा रकमको दायरा बढाउने घोषणा गरेका छन्।

आफ्नो नेतृत्वमा सरकार बनेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो घोषणा गरेका हुन्। ‘बीमाको हालको रकमको दायरा बढाइनेछ र आधारभूतबाहेक हाल सञ्चालित सबै निःशुल्क कार्यक्रमहरुलाई एकीकृत स्वास्थ्य बीमामा आबद्ध गरिनेछ’, उनले भने।

Esewa
Crest

२०७४ सालमा आफू प्रधानमन्त्री हुँदा राष्ट्रिय बीमा ऐन ल्याइएको प्रधानमन्त्री दाहालले बताए। ‘तर, बीमा कार्यक्रम त्यसको भावना र मर्मअनुसार अगाडि बढेन’, उनले भने, ‘अब यसलाई सुधार गर्न मेरै कार्यकालमा बनेको ऐनबमोजिम नागरिकको स्वास्थ्यमा पहुँच हुने गरी संवैधानिक हकको ग्यारेन्टी गर्ने काम उच्च प्राथमिकतामा हुनेछ।’

स्वास्थ्य बीमा ऐनबमोजिम प्रभावकारी कार्यान्वयनका लागि नीतिगत र प्रक्रियागत सुधार, बोर्डको क्षमता अभिवृद्धि र बलियो अनुमगमन र मूल्यांकन संयन्त्र बनाइने पनि प्रधानमन्त्री दाहालले बताए। ‘बीमाको दायरा वृद्धि र सबैको आबद्धता, उपचारका लागि अस्पताललगायतका संरचना र सीप निर्माणमा व्यापक सुधार र जनशक्ति व्यवस्थापनका लागि सरकार तदारुकताका साथ लागिरहेको छ’, उनले भने।

स्वास्थ्य बीमालाई केन्द्रमा राखी एकीकृत स्वास्थ्य पूर्वाधार विकास मापदण्डअनुसार स्वास्थ्य प्रणालीको विकासमा जोड दिइने पनि प्रधानमन्त्री दाहालले बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS