IME Life New

रेमिट्यान्सको ९ प्रतिशत रकम उच्च शिक्षाका लागि विदेशिने यूवासँगै बाहिरियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकले स्वदेश पठाउने रकमको झण्डै ९ प्रतिशत हिस्सा उच्च शिक्षाका लागि विदेशिने यूवासँगै विदेशिने गरेको छ। नेपाल राष्ट्र बै‌ंकले प्रकाशन गरेको तथ्या‌ंक अनुसार चालू आर्थिक वर्ष २०८०।८१ को असोज मसान्तसम्ममा उच्च शिक्षाका लागि विदेशिएका यूवासँगै ३२ अर्ब ९२ करोड रुपैयाँ देशबाट बाहिरिएको छ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा ३ खर्ब ६५ अर्ब ३४ करोड विप्रेषण (रेमिट्यान्स)भित्रिएको छ । उच्च शिक्षा अध्ययनका लागि विदेशिने विद्यार्थीको शिक्षाका लागि बाहिरिने रकम गत आर्थिक वर्ष २०७९।८० को प्रथम त्रैमासको तुलनामा ७६ प्रतिशतले बढेको छ। गत आवमा असोज मसान्तसम्ममा १८ अर्ब ७० करोड रुपैयाँ बराबरको विदेशी मुद्रा भुक्तानीका लागि राष्ट्र बै‌ंकले सिफारिश दिएको थियो । यो रकममा अध्ययनका लागि भारत गएका विद्यार्थीहरुका लागि गरिएको खर्च रकम समावेश छैन ।

Esewa
Crest

साउन, भदाै र असोज महिना समेतमा गरी कूल ३० हजारभन्दा बढी विद्यार्थीले विदेशी मुलुकमा उच्च शिक्षा अध्ययनका लागि शिक्षा विभागबाट सहमति पत्र(नो अब्जेक्शन लेटर एनओसी) लिएका छन् ।  शिक्षा मन्त्रालयलअन्तर्गत वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार गत साउनमा १० हजार १ सय ८२ जनाले नो अब्जेक्सन लेटर लिएका छन् । यसैगरी भदौ र असोज महिनामा पनि मासिक १० हजारले एनओसी लेटर लिएका छन् । शाखाका अनुसार वार्षिक करिब १ लाख १० हजार विद्यार्थीले एनओसी लेटर लिने गरेका छन् ।

मुलुकको राजनीतिक र आर्थिक अवस्थाले यूवा पुस्तामा आशा जगाउन नसक्दा उच्च माद्यमीक तहको अध्ययन पुरा नहुँदै विद्यार्थी बाहिरिन थालेका छन् । यसअघि कम्तीमा स्नातक तहको अध्ययन पुरा गरेर थप शिक्षाका लागि विदेशिनेको स‌ंख्या अधिक हुने गरेकोमा अहिले उच्च मावि तह पुरा गरेकाहरुको संख्या उल्लेख्य रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS