IME Life New

पुनर्बीमा कारोबारको भरपर्दो रेकर्ड राख्न अन्तर्राष्ट्रिय पुनर्बीमा सफ्टवेयर प्रयोगमा ल्याउँदै नेपाल रि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले पुनर्बीमा व्यवसाय सम्बन्धी सम्पूर्ण तथ्या‌ंक र काराेबारलाई एकीकृत सफ्टवेयरको प्रयोगमार्फत् अन्तरर्राष्ट्रिय स्तरको सफ्टवेयर प्रयोगमा ल्याउने तयारी गरेको छ। स्वदेशी सफ्टवेयरले अपेक्षित सेवा प्रदान गर्न नसकेपछि पहिले नै परिक्षण र प्रमाणित भइसकेको विदेशी सफ्टवेयर प्रयोगमा ल्याउन लागेको हो ।

पुनर्बीमा कम्पनीले सफ्टवेयर आपूर्तीका लागी आह्वान गरेको ग्लोबल टेण्डरमा ५ वटा कम्पनीले प्रतिस्पर्धा गर्दै प्रस्ताव दर्ता गराएका छन् । मनशाय पत्र दर्ता गराउने कम्पनीहरुमा हालै मात्र निजी क्षेत्रको पुनर्बीमक हिमालयन रिइन्स्योरेन्सले प्रयोगमा ल्याएको युरोबेस पुनर्बीमा सफ्टवेयरको आपूर्तीकर्ता युरोबेस सिस्टम लिमिटेड पनि छ। यसबाहेक क्वालाम्पुरमा अवस्थित एरम स्वीफ्ट, भारतको ब‌ंगलोरमा अवस्थित चेगस इन्फोटेक,हङकङको सिनोसफ्ट र सि‌ंगापुरको एमएसजी ग्लोबलले पनि मनशाय पत्र दर्ता गराएका छन् ।

Esewa
Crest

सञ्चालनमा आएको दश वर्ष पुरा गरेको स्वदेशी पुनर्बीमकको हिसाबकिताब गोलमाल छ। पुरानो हिसाबकिताब दुरुस्त नभएकाले बीमकसँग लिनुदिनुपर्ने हिसाब अझैसम्म फर्छ्याैट हुन सकेको छैन । आफूसँग भएको हिसाबमा गडबडी भएकाले नेपाल पुनर्बीमा कम्पनीले बीमकले पेश गरेको विवरणको आधारमा हिसाब मिलान गर्नुपर्ने अवस्था छ।

यसबाहेक पुनर्बीमा जोखिम स्वीकार्दा अन्तर्राष्ट्रिय परिवेश, पुनर्बीमा जोखिममा उतारचढावको सुक्ष्म विश्लेषण, जलवायू परिवर्तन, महाविपत्ती लगायतका महत्वपूर्ण सूचनाहरूबाट पनि अध्यावधिक हुन सकेको छैन । यस्तो अवस्थाका कारण न्यून बीमाशुल्कमा नै अधिक जोखिम स्वीकार्नुपर्ने वा अस्वीकृत गर्नुपर्ने जोखिम समेत अण्डरराइिटङ गर्नुपर्ने जोखिममा रहेको छ।

अन्तर्राष्ट्रिय सफ्टवेयरमध्ये युरोबेस सफ्टवेयरले पुनर्बीमा व्यवसायसँग सम्बन्धित सबै सेवालाई एकीकृत सफ्टवेयरमार्फत् प्रदान गर्नुका साथै पुनर्बीमकलाई अण्डरराइटिङ निर्णयका लागि आवश्यक पर्ने महत्वपूर्ण विश्लेषणात्मक तथ्या‌ंक र सूचना समेत उपलब्ध गराउँछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS