IME Life New

प्रतिस्पर्धी क्षमता बलियो बनाउन नेपाल पुनर्बीमालाई अर्थमन्त्री महतको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले सरकारी स्वामित्वको पुनर्बीमक नेपाल पुनर्बीमा कम्पनीलाई सेवा प्रवाहमा चुस्तता ल्याएर प्रतिस्पर्धी क्षमता बलियो बनाउन निर्देशन दिएका छन् । पुनर्बीमा कम्पनीको दशाै‌ं वार्षिकोत्सवका अवसरमा म‌ंगलबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधनका क्रममा अर्थमन्त्री महतले शुभकामना व्यक्त गर्दै कम्पनीको उच्च व्यवस्थापनलाई यस्तो निर्देशन दिएका हुन् ।

मन्त्री महतले ठूला जलविद्युत परियोजनाको निर्माण भइरहेको र जलवायू परिवर्तनको उच्च जोखिमयुक्त भूगोमा अवस्थित रहेको नेपालजस्तो मुलुकमा पुनर्बीमा झनै आवश्यक र महत्व रहेको बताए । उनले बजारमा निजी क्षेत्रलाई प्रतिस्पर्धी बनाई राख्नका लागी राज्यको उपक्रम पनि आवश्यक भएको बताउँदै भने, तर सरकारी स्वामित्वको पुनर्बीमा कम्पनी राज्यका लागी बोझ हुनु भएन, प्रतिस्पर्धी ढंगले एक नम्बर स्थानमा कायम रहने गरी प्रभावकारी काम हुनु जरूरी छ। उनले निजी क्षेत्रलाई प्रतिस्पर्धी बनाउनका लागी सरकारी पुनर्बीमा कम्पनीको उपस्थिति आवश्यक भएपनि यसको उल्टो सरकारका लागी नै बोझिलो हुने अवस्था अपेक्षित नहुने धारणा व्यक्त गरे ।

Esewa
Crest

कार्यक्रममा उपस्थित कम्पनीका सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत, सहायक  प्रमुख कार्यकारी अधिकृत लगायतलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले भने, अहिलेलाई बाहिरी जगतका लागि नभए पनि कमसे कम तपाईहरु नेपालकै लागि भएपनि उत्कृष्ट पुनर्बीमक भइदिनुहोस्।

कार्यक्रमका अवसरमा मन्त्री महतले पुनर्बीमा कम्पनीले प्रकाशन गरेको स्मारिका समेत विमोचन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS