IME Life New

दश वर्षमा नेपाल पुनर्बीमाको व्यापार ५५ अर्ब नाघ्यो, दाबी भुक्तानी मात्र २५ अर्ब २१ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले एक दशकको अवधिमा २५ अर्ब रुपैयाँभन्दा बढी रकम दाबी भुक्तानी गरेको छ। स्वदेशी बीमा कम्पनी र विदेशी पुनर्बीमा कम्पनीलाई बीमा दाबीवापत गत आव २०७९।८० को असार मसान्तसम्ममा २५ अर्ब २१ करोड रुपैयाँ भुक्तानी गरेको हो ।

गत आवमा मात्र पुनर्बीमाले ४६ मिलियन अमेरिकी डलर अर्थात् ६ अर्ब रुपैयाँ भुक्तानी गरेको छ। पुनर्बीमाको दशाै‌ं वार्षिकोत्सवका अवसरमा म‌ंगलबार आयोजित शुभकामना कार्यक्रममा पुनर्बीमा कम्पनीका प्रवक्ता दामोदर भण्डारीले एक दशकको अवधिमा पुनर्बीमा शुल्कवापत ५५ अर्ब रुपैयाँ बीमाशुल्क आम्दानी भएको जानकारी दिए ।

Esewa
Crest

पुनर्बीमाको हालको चुक्ता पूँजी १२ अर्ब ८१ करोड रुपैयाँ रहेको छ। अन्तर्राष्ट्रिय स्तरको पुनर्बीमा कम्पनीको रुपमा स्थापित हुनका लागी रेटिङको क्रममा रहेको जानकारी दि‌ंदै प्रवक्ता भण्डारीले विश्वका १३ वटा पुनर्बीमकसँग पुनर्बीमा सम्झाैता गरिएको बताए । स्थापनाकाल देखि नै नाफामा सञ्चालन भइरहेको जानकारी गराउँदै प्रवक्ता भण्डारीले अन्तर्राष्ट्रिय स्तरको रेटिङले कम्पनीको साखसँगै व्यापार वृद्धिमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

नेपाल जलवायू परिवर्तनको उच्च जोखिम क्षेत्रमा रहेकाले तुलनात्मकरुपमा पुनर्बीमा शुल्क महँगो पर्न थालेको पुनर्बीमा कम्पनीले जानकारी दिएको छ। स्वदेशी बीमकको जोखिम स्वीकारेर पुनः विदेशी पुनर्बीमकमा हस्ताक्षर गर्दा तुलनात्मकरुपमा महँगो बीमाशुल्क भुक्तानी गर्नु परिरहेकाले पुनर्बीमा कम्पनीको बचत र नाफामा दबाब बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS