IME Life New

हिमालयन रि इन्स्योरेन्सको आइपिओ निष्काशन मिति सर्‍यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निजी क्षेत्रद्वारा प्रवर्द्धित पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्सको प्राथमिक शेयर निष्काशन(आईपीओ) मिति सरेको छ। वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकका लागी कात्तिक २१ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गर्ने भनिएकोमा अब मंसिर ४ गतेदेखि आईपिओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो।

वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकले आईपिओमा मंसिर १८ गतेसम्म लागी ‘मेरो शेयर’ अनलाइन, आस्वा सदस्य बै‌ंक वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्।

Esewa
Crest

हिमालयन रिले १० अर्ब रुपैयाँ जारी पूँजीको ३० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता शेयर प्रिमियम मूल्यमा निष्काशनका लागी नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएको छ। पहिलो चरणमा श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका लागि ३० लाख कित्ता, आफ्ना कर्मचारीका लागि ६ लाख कित्ता, सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो। आह्वान पत्रमा उल्लेख भए अनुसार न्यूनतम १० कित्ता र अधिकत्तम ३ लाख कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ।

आईपिओ निष्काशनका लागि गरिएको रेटिङ्गमा इक्रा नेपालले हिमालयन रिलाई ‘इक्रा एनपी आइआर ए’ प्रदान गरेको छ। यो रेटिङ स‌ंकेतले समयमै वित्तीय दायित्व बहन गर्न कम्पनी पर्याप्त रुपमा सुरक्षित रहेको जनाउ दिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS