काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको ५ लाख कित्ता लिलामी शेयरमा खरिद आवेदन दिने आज कात्तिक १२ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत कात्तिक ३ गतेबाट संस्थापक समूहको ५ लाख कित्ता शेयर बिक्रीमा राखेको थियो । यो शेयरमा आज बैंकिङ समयसम्म खरिद आवेदन दिन सकिनेछ।
उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीहरु र अन्य संगठित संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २७० रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिद आवेदन पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
लगानीकर्ताले न्यूनतम १ लाख कित्ता शेयरका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा भने सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेस गर्न सकिनेछ। ईच्छुक लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको काठमाडौंको थापाथलीस्थित कार्यालयमा खरिद आवेदन पेस गर्नुपर्नेछ।

















