IME Life New

स्वास्थ्य बीमा बोर्डका सदस्यले दिए राजीनामा,के सामूहिक राजीनामा मान्य हुन्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको  सञ्चालक समितिका पाँचजना सदस्यले म‌ंगलबार सामूहिक राजीनाम दिएका छन् । बोर्ड सदस्यहरु डा. सुरेश कुमार तिवारी, डा. तारा शाह डा. टीका चापागाइँ भट्टराई, चन्द्र बहादुर थापा र इन्द्रकला राईले हस्तलिखित निवेदनमार्फत् स्वास्थ्य तथा जनस‌ंख्या मन्त्री समक्ष सामूहिक राजीनामा पेश गरेका हुन् ।

राजीनामा पत्रमा बदलिँदो परिवेश र व्यवहारिक कारणले राजीनामा दिनुपरेको उल्लेख छ। स्वास्थ्य बीमा ऐन २०७४ को दफा २५ मा सदस्यले अध्यक्ष समक्ष लिखित राजीनामा दिएमा पदमुक्त हुने प्रावधान छ। राजीनामा दिने बोर्ड सदस्यले सामूहिकरुपमा नभएर व्यक्तिगतरुपमा राजीनामा दिनुपर्छ।

Esewa
Crest
स्वास्थ्य बीमा ऐनमा बोर्ड सदस्य र कार्यकारी निर्देशकको पद रिक्त हुने अवस्था सम्बन्धी व्यवस्था

गत माघ महिनादेखि नै बोर्ड अध्यक्ष विहिन रहँदै आएकाेमा मन्त्री परिषद्ले असोज २४ गते कार्यकारी निर्देशक डा. दामोदर बसाैलालाई समेत तीन महिनाका लागी निलम्बन गरिदिएको छ। पदीय आचरणविरुद्ध कार्य गरेको आराेपमा उनीविरुद्ध मन्त्रालयले छानबिन गरिरहेको छ।

तत्कालीन स्वास्थ्यमन्त्रीसँग मतभेद पछि बोर्डका सञ्चालक समिति अध्यक्ष डा. सेनेन्द्र राज उप्रेतीले पदबाट राजीनामा दिएपछि सरकारले बोर्डमा अर्को अध्यक्ष नियुक्त गरेन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS