IME Life New

चितवनमा टाटाको नँया सोरुमबाट टियागो इभी र पन्चको बिक्री आरम्भ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । टाटा मोटर्सले आफ्ना उत्पादन बिक्री वितरणका लागि भरतपुमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गको भरतपुरका लागि आधिकारिक वितरक एसएच मोटर्सले शुक्रबारदेखि शोरुम सञ्चालनमा ल्याएको हो । ३,५०० वर्गफिट क्षेत्रफलमा फैलिएको एसएच मोटर्स भरतपुरको रिजाल चोकमा अवस्थित रहेको छ । यहाँ टाटा मोटर्सका सम्पूर्ण रेन्जका कारहरु उपलब्ध हुनेछ ।

सोहि कार्यक्रममा नेपालमा भर्खरै सार्वजनिक गरिएका टाटा पन्च र टियागो इभी नामक दुई नँया गाडीहरुको विक्रि वितरण भरतपुरमा सुरु भएको छ । कार्यक्रममा सिप्रदीको तर्फबाट पेसेन्जर सेगमेन्ट गाडीका प्रमुख सावन्त जङ्ग सिजापति र एसएच मोटर्सका व्यवस्थापकीय प्रमुख निर्देशक शर्मिला सेढाइको उपस्थिति रहेको थियो ।

Esewa
Crest

शोरुमको उद्घाटन समारोह बीच बोल्दै, सावन्त जङ्ग सिजापतिले भने, “टाटा मोटर्सका लागि महत्पूर्ण मानिएको भरतपुर बजारमा यस प्रकारको उच्चस्तरीय शोरुम सञ्चालनले कम्पनीको ग्राहकलाई उच्च सुविधा दिने हाम्रो प्रयत्नलाई सबल बनाएको छ । ग्राहकको सन्तुष्टि हाम्रो उच्च प्राथमिकता हो र सिप्रदी ट्रेडिङ्ग र एसएच मोटर्सको नेतृत्वमा यस शोरुमको सञ्चालनले यस क्षेत्रमा विक्री, सेवा र ग्राहक सन्तुष्टिको पाटोमा नयाँ आयाम आउने कुरामा हामी विश्वस्त छौं ।”

एसएच मोटर्सकाका व्यवस्थापकीय प्रमुख निर्देश सेढाइले कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै टाटाको नयाँ शोरुम खोल्न पाउँदा र ग्राहकलाई उच्च स्तरको सेवा स्थनीय स्तरमै दिन पाउदा आफू खुशी भएको बताए ।

समुच्च जिपट्रन प्रविधिले सुसज्जित टियागो इभी पाँच स्तम्भहरुमा उभिएको छ र ति हुन् कार्य कुशलता, प्रविधि, विश्वास, चार्जिङ्ग र आराम अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प जस्ता विशेषताहरु यसमा छन् । यो गाडीको इन्टेरिएर र एक्स्टेरिएर दुवैको बनावट पनि उत्कृष्ट एवं आकर्षक छ ।

त्यसैगरी, टाटाको “न्यु फरेभर” रेञ्ज अन्तर्गतको पन्चको चार आधारस्तम्भहरु हुन् मनमोहक डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा । पन्च हाल भारतीय बजारमा सबैभन्दा बढी विक्री भइरहेको सब कम्प्याक्ट एसयुभी रुपमा पनि परिचित छ ।

यी दुई गाडीहरुले चितवनका ग्राहकहरुको मन र मष्तिस्कमा अमित छाप छोड्ने टाटा मोटर्सको नेपालस्थित एक मात्र अधिक्तित विक्रेता सिप्रदीले विश्वास लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS