IME Life New

रोयल इन्फिल्डले विस्तार गर्यो टेकुमा नयाँ शोरुम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रोयल इन्फिल्डको आधिकारिक बिक्रेता अल्फा अटो मोटिभले टेकुमा शोरुम उद्घाटन गरेको छ। नयाँ शोरुम सञ्चालनमा ल्याउँदै कम्पनीले रोयल इन्फिल्ड हन्टर मोडल सार्वजनिक पनि गरेको छ।

३५० सीसीको नयाँ मोटरसाइकलको मूल्य ४ लाख ५९ हजार रुपैयाँमा बजारमा ल्याएको छ। कम्पनीले नाडा अटो शोमा आकर्षणको रुपमा हन्टरलाई प्रदर्शनीमा राखेको छ। रोयल इनफिल्ड मोटरसाइकल शोरुम बाइकर्स होमको अवधारणामा निर्माण गरिएको कम्पनीले जनाएको छ।

Esewa
Crest

शोरुमबाट बाइकर, राइडिङ, जेनविन मोटरसाइकल एशोसरिज, स्पेयरपार्टस् बिक्री तथा बिक्री पछाडिको सेवाको व्यवस्था गरिएको छ।रोयल इन्फिल्डले काठमाडौंको नक्साल र कोटेश्वर बालकुमारीमा दुईवटा शोरुम सञ्चालन गरिसकेको छ।

हालसम्म देशभर १८ वटा शोरुम सञ्चालन गरिएको छ। अल्फा अटोमोटिम त्रिवेणी ग्रुप अन्तर्गतको कम्पनी हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS