IME Life New

बीमा संस्थानकाे आइपीओमा पूर्व कर्मचारीले भाग खाेजेपछि मच्याे रडाकाे

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडाै‌ं।  बीमा ऐनकाे प्रावधान अनुसार यसैवर्ष कम्पनीमा रुपान्तरण हुन लागेकाे राष्ट्रिय बीमा संस्थानका कर्मचारीले प्राथमिक शेयर निष्काशनमा कर्मचारी काेटामा पूर्व कर्मचारीलाई समेत सहभागी गराउने बहानामा कै‌ंची चलाउने प्रयास भएकाे भन्दै विराेध जनाएका छन् ।

नेपाल वित्तीय संस्था कर्मचारी संघ र राष्ट्रिय बीमा संस्थान कर्मचारी स‌ंघले सञ्चालक समिति अध्यक्षलाई संयुक्तरूपमा ज्ञापन पत्र बुझाउँदै प्रचलित कानूनी प्रावधान विपरित प्रस्तावित प्रबन्ध पत्र तथा नियमावलीमा पूर्व कर्मचारीलाई समेत आइपीओकाे काेटामा सहभागी गराउन  लागिएकाेमा चेतावनी सहित ध्यानाकर्षण गराएकाे छ। बहालवाला कर्मचारीले प्रस्तावित प्रबन्ध पत्र तथा नियमावलीका माध्यमबाट पूर्व कर्मचारीलाई समेत आइपीओ निष्काशनमा आरक्षण दिने प्रावधान समेट्न लागिएकाे भन्दै आपत्ती जनाएका हुन् ।

Crest

विद्यमान कानूनले पूर्व कर्मचारीलाई आइपीओमा स‌ंरक्षण दिन मिल्दैन, संस्थानका प्रशासक कवि प्रसाद पाठकले भने, यसबारे हामीले अर्थ मन्त्रालयसँग राय मागेका छाैं, मन्त्रालयकाे राय पछि मात्र एकीन भन्न सकिन्छ, संस्थानलाई कम्पनीमा रूपान्तरण गर्ने निर्णय पनि क्याबिनेटले गर्नुपर्ने भएकाले केही समय लाग्न सक्छ।

धिताेपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ काे ५ नम्बर निर्देशनमा प्रचलित कानूनले विशेष व्यवस्था गरेकाेमा बाहेक स‌ंगठित संस्थाले सर्वसाधारणलाई छुट्याएकाे शेयरमध्ये बढीमा ५ प्रतिशतसम्म स‌ंस्थामा कार्यरत करार र ज्यालादारी बाहेकका कर्मचारीलाई छुट्याउन सक्नेछन् भन्ने प्रावधान छ। याे प्रावधानले बहालवाला कर्मचारीलाई मात्र यस्ताे आरक्षण प्राप्त हुने व्यवस्था गरेकाे छ।

नेपाल बीमा प्राधिकरणले २०७८ चैत १० गते जारी गरेकाे निर्देशनात्मक परिपत्र अनुसार जीवन बीमा कम्पनीले न्यूनत्तम ५ अर्ब रूपैयाँ चुक्ता पूँजी कायम गर्नुपर्नेछ। संस्थानकाे हालकाे चुक्ता पूँजी २ अर्ब २ कराेड ४८ लाख ९७ हजार रूपैयाँ छ। बीमा ऐन २०७९ काे प्रावधान अनुसार आगामी कात्तिक २२ गतेभित्र सरकारी स्वामित्वकाे याे जीवन बीमक संस्थानबाट कम्पनीमा रूपान्तरण हुनुपर्ने बाध्यात्मक अवस्था छ।

स‌ंस्थानका पूर्व कर्मचारीहरूले आफूहरुले जीवनकाे महत्वपूर्ण समय स‌ंस्थाकाे हितमा खर्चिएकाले आइपीओ निष्काशनमा भाग खाेज्नु स्वाभाविक भएकाे बताएका छन् । बहालवाला कर्मचारीले नियम कानून् मै नभएकाे सुविधा खाेज्नु गलत भएकाे भन्दै आफूहरुकाे भाग खाेसेर पूर्व कर्मचारीलाई समेत स‌ंरक्षित काेटाबाट शेयर वितरण गरे आन्दाेलन गर्ने चेतावनी दिएका छन् ।

स‌ंस्थानमा नेपाल राष्ट्र बैंककाे ५५ प्रतिशत, नेपाल बैंक लिमिटेडकाे १७ प्रतिशत र बाँकी नेपाल सरकारकाे शेयर स्वामित्व रहेकाे छ। कुनै पनि संगठित संस्थाले बीमा कम्पनीमा बढीमा १५ प्रतिशत मात्र शेयर लगानी गर्न सक्ने प्रावधान अन्तर्गत राष्ट्र बैंक र नेपाल बैंकले आफ्नाे बाँकी शेयर स्वामित्व विनिवेश गर्नुपर्ने छ।

बीमा ऐनकाे प्रावधान अनुसार इजाजत प्राप्त बीमा कम्पनीले कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्नुपर्छ। याे प्रावधान अन्तर्गत बीमा कम्पनीमा रुपान्तरण भएपछि स‌ंस्थानले कम्तीमा १ अर्ब ५० कराेड रूपैयाँ बराबरकाे साधारण शेयर जारी गर्नुपर्ने छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

7%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

27%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS