काठमाडाैं। याेगदानमा आधारित निवृत्ती भरण कार्यक्रमबाट सञ्चय काेषले ६ अर्ब रुपैयाँभन्दा बढी रकम संकलन गरेकाे छ। काेषका अनुसार गत आर्थिक वर्षकाे असार मसान्तसम्ममा कूल ६ अर्ब ५० कराेड रुपैयाँ याेगदान रकम संकलन भएकाे छ।
काेषमा याेगदानमा आधारित निवृत्ती भरण कार्यक्रममा गत आवकाे मसान्तसम्ममा कूल ६२ हजार २८२ जना सञ्चयकर्ताले सहभागीता जनाएका छन् । तीन हजार २ सय ११ वटा कार्यालयबाट याेगदानकर्ताहरु निवृत्ती भरण कार्यक्रममा सहभागी भएका हुन् ।
यसैबीच काेषले प्रवाह गर्ने सेवा सुविधाका लागी याेगदानकर्ताकाे पहिचान अध्यावधिक गरिएपछि गत असार मसान्तसम्म ७ लाख ५ हजार सञ्चयकर्ताकाे विवरण अध्यावधिक भएकाे जानकारी दिएकाे छ । काेषका अनुसार गत आवमा कूल ८७ हजार याेगदानकर्ताकाे विवरण अध्यावधिक गरिएकाे थियाे । यसैगरी १६ हजार ५ सय वटा संस्थाले समेत पहिचान विवरण अध्यावधिक गराएका छन् ।