IME Life New

आजबाट नाडा अटो शो २०२३’ आयोजना हुँदै, सह-प्रयोजकमा शिखर इन्स्योरेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नाडा अटो मोबाइल्स एसोसिएसन नेपालले आज भदौ २६ गतेदेखि ३१ गतेसम्म सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला एकमात्र संस्करण ‘नाडा अटो शो–२०२३’ आयोजना गर्ने भएको छ। काठमाडौंको भृकुटीमण्डपको प्रदर्शनीस्थलमा आयोजना हुने अटो शोको शीर्ष प्रायोजक टाटा मोटर्स जेनुइन आययल रहेको छ भने सहप्रयोजकमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ ।

यसैगरी प्रदर्शनीको डोर प्राइजमा याडिया, टिकटिङ पार्टनरमा खाल्ती, अफिसियल इन्टरनेट पार्टनर वर्ल्डलिंक, फायर सेफ्टी सपोर्टमा हिटको प्रालि, हस्पिटल पार्टनरमा फ्रन्टलाइन हस्टिललजस्ता संस्थाहरु छन् तथा प्रदर्शनी व्यवस्थापन ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिस रहेको छ।

Esewa
Crest

हाल विद्यमान बजार सुस्तताका बाबजुद पनि प्रदर्शनीमा विभिन्न अटो कम्पनीहरुको उत्साहजनक सहभागिताले केही हदसम्म अर्थतन्त्र चलायमान बनाउने यस किसिमको व्यापारिक गतिविधिको योगदानलाई प्रस्ट पार्छ। आयोजकका अनुसार आर्थिक सुस्तताले अटोमोबाइल व्यवसायमा नकारात्मक प्रभाव पार्नुका साथै सवारीसाधन खरिदकर्ताको वित्तीय योजनामा समेत असर गरेको छ।

यस अवस्थामा यो अटो शोले बजारलाई चलायमान बनाउन मद्दत पुग्ने आयोजकको ठम्याइ छ। यससँगै नेपालीको महान चडापर्वको पूर्वाद्धमा आयोजना हुन गइरहेको यस प्रदर्शनले अटो व्यवसायी, ग्राहक, गाडीप्रेमी तथा अटोमाइसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न सबैलाई उत्साहपूर्वक सहभागी गराउने आयोजकको विश्वास छ।

प्रदर्शनीमा करिब १२० वटा स्टल र ब्लक रहनेछन् । प्रदर्शनमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका सवारीसाधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकको सहभागितासमेत रहनेछ।

दर्शनमा १६ वटा ब्रान्डका चार पांग्रे, २२ वटा ब्रान्डका दुईपांग्रे, ७ वटा ब्रान्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS