IME Life New

सिप्रदी अटोपार्टसको रिटेलर्स मीट र टाटा गुरु सम्मान कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । टाटा जेन्युइन पार्ट्स र टाटा मोटर्स जेन्युइन आयलको नेपालकै एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्टस् प्रालिले काठमाडौं उपत्यकाभित्रका रिटेलर्स मीट र टाटा गुरु सम्मान कार्यक्रम आयोजना गरेको छ।

सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेसनल बिजनेस हेड राकेश मित्तलको विशेष उपस्थितिमा सिप्रदी अटोपार्टसका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले उक्त कार्यक्रम सञ्चालन गरेका हुन्। टाटालाई टाटा नै सही भन्ने मूल मन्त्र मान्दै सञ्चालन गरिएको कार्यक्रममा सम्बोधन गर्दै सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठले सबैको साथ पाएरमात्र टाटा नेपालमा अटोमोबाइलको क्षेत्रमा नम्बर एक रहेकोले गर्दा सिप्रदीले पनि सबै रिटेलर्स, मेकानिक्स र ग्रहकलाई साथमालिएर अगाडि बढने गरेको बताए।

Esewa
Crest

सिप्रदीले प्राविधिकहरुलाई आधुनिक प्रबिधिहरुको तालिम उपलब्ध गराई रहेको जानकरी गराउँदै श्रेष्ठले हालसालै ३ दिन तालिम लिएका २५ जनता प्राविधिकहरुलाई प्रमाणपत्र वितरण गरी सम्मानित गरेका थिए।

कार्यक्रममा खुद्रा बिक्रेताहरुको वित्तीय व्यवस्थापनका लागि सिप्रदीले नबिल बैंकसँग समझौता गरेको अनि नयाँ प्रविधिसँग अभ्यास हुन डायनामिक टेक्नोसफ्टसँग समझौता गरी ईआरपी सफ्टवेयर प्रदान गर्न लागेको श्रेष्ठले जानकारी दिए। उनले ग्राहकलाई टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयल सहज, सुलभ र सहुलियत रुपमा उपलब्ध होस भनी सिप्रदीले अनलाइन स्टोर दराजसँग समझौता गरी दराजमा उपलब्ध गराएको बताए। कार्यक्रममा रिटेलर्स र टाटा गुरुहरुलाई बिभिन्न उपहारहरु प्रदान गरिएको थियो। टाटा बफादारी कार्यक्रमअन्तर्गत टाटा गुरु दिपक महर्जनले डियो स्कुटर उपहार प्राप्त गरे भने आईफोन १४ प्रो २ जनाले, एलईडी टेलिभिजन २ जनाले लगायत अन्य धेरैले उपहार प्राप्त गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै टाटा मोटर्स अन्तर्राष्ट्रिय व्यापार प्रमुख राकेश मित्तलले आधुनिक प्रविधिलाई आत्मसाथ गर्नुपर्नेमा जोड दिए। उनले सम्पूर्ण उपहार विजेताहरुलाई बधाइ दिँदै टाटा मोटर्स आफ्ना ग्राहकको साथ रहने बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS