IME Life New

बढ्दाे जाेखिमसँगै विश्वव्यापी पुनर्बीमककाे पूँजीकाे भारित औसत लागत घट्याे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । रेटिङ एजेन्सी एएम बेष्टले विश्वव्यापी पुनर्बीमा उद्याेगकाे भारित पूँजीकाे औसत लगातार घट्दै गएपनि केही पुनर्बीमकले आफ्नो पूँजी लागत उठाउन, लगानीकर्ताको जोखिम भाेक परीक्षण गर्न चुनौतीहरूकाे सामना अझै जारी राखेका छन्।

“केही पूनर्बीमककाे लागि पूँजीको लागत एक चुनौती,” नामक एएम बेस्टको विश्वव्यापी पुनर्बीमा उद्योगको दृष्टिकोणमा उल्लेख गरिए अनुसार एएम बेस्टका अनुसार पुनर्बीमकहरूले सन् २०१९ देखि आफ्नो पूँजीको लागत उठाउन सकेका छैनन् ।

Esewa
Crest

यस प्रतिवेदनका अनुसार पुनर्बीमकहरूले बढ्दो ब्याजदरका कारण कर्जाको लागतमा उल्लेख्य वृद्धि भएको र शेयर बजारको अस्थिरताका कारण पूँजीको लागतमा उल्लेख्य वृद्धि भएको देखिएको छ । परम्परागत विपत्तिजनक घटना र बढ्दो मध्यम तहकाे जोखिमले उद्योगलाई त्रसित बनाएकाेमा पछिल्ला वर्षहरूमा विनाशकारी क्षतिहरू पनि अझै बढेका छन्।

पूनर्बीमा उद्योगको पूँजीको भारित औसत लागत २०१० मा ९.४४ प्रतिशतबाट २०१९ मा ६.३८ प्रतिशतमा झर्याे ।  पछि सन् २०२१ मा ९‍.१६ प्रतिशतमा उक्लिकएकाे थियाे । सन् २०२२ आइपुग्दा पुनः ओरालाे लागेकाे छ।पुनर्बीमकहरु अझै पनि पूँजीको लागत भन्दा माथि प्रतिफल प्राप्त गर्नका लागी प्रयास जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS