IME Life New

हिमालयन रिकाे ब्यालेन्स सिट बिग्रिने भएपछि बीमकलाई धम्क्याउँदै प्राधिकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । निजी क्षेत्रकाे लगानीमा प्रवर्द्धित पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्याेरेन्सकाे व्यापारमा धक्का लाग्ने भएपछि नियामक नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुमाथि अनुचित दबाब दिन थालेकाे छ। प्रिमियम मूल्यमा आइपिओ निष्काशनकाे तयारीमा रहेकाे याे पुनर्बीमाले अपेक्षितरुपमा व्यवसाय गर्न नसक्दा नाफामा प्रत्यक्ष असर पर्ने र शेयर प्रिमियममा प्रभाव पार्ने भएकाले नियामककाे ओत खाेजी रहेकाे छ।

हिमालयन रिइन्स्याेरेन्सकाे दुई वर्षकाे छाेटाे इतिहास,सीमित पूँजी र कार्य अनुभव लगायतका कारणले विदेशी भूमीमा मान्यता नपाएपछि हिमालयन रिइन्स्याेरेन्स पुनर्बीमा व्यापारका लागी पूर्णरूपले स्वदेशी बीमा कम्पनीले उपलब्ध गराउने व्यवसायमाथि नै निर्भर छ।

Esewa
Crest

प्राधिकरणले बीमककाे पुनर्बीमा निर्देशिका २०८० मार्फत् बीमा कम्पनीहरुकाे जाेखिम पूर्णरुपमा स्वदेशी पुनर्बीमा कम्पनी माथि थाेपरेर नीतिगतरुपमा नै सम्पूर्ण बीमा क्षेत्रलाई नै जाेखिममा धकेलेकाे भन्दै नेपाल बीमक स‌ंघ र जीवन बीमक संघ नेपालले असहमति जनाउँदै आएकाे छ।

निर्जीवन बीमककाे प्रतिनिधिमूलक स‌ंस्था नेपाल बीमक संघले आत‌ंकवाद बीमामा पुनर्बीमा कमिशन दर कटाैती गरिएकाेमा औपचारिकरुपमा नै आपत्ती जनाउँदै पुरानै कमिशन कायम नगरे स्वदेशी पुनर्बीमकलाई वहिष्कार गर्ने चेतावनी दिइसकेकाे छ।

आइपिओकाे तयारीमा रहेकाे हिमालयन रिइन्स्योरेन्स १३ कराेड अण्डरराइटिङ घाटामा

स्वदेशी पुनर्बीमकसँग बीमा गराउँदा विदेशी मुद्रा स्वदेशमै राेक्न सहयाेग पुग्ने तर्क प्राधिकरणले अघि सारे पनि नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्याेरेन्स दुबैले आफ्नाे पुनर्बीमा विदेशी कम्पनीसँग गरेर वर्षेनी पुनर्बीमा शुल्कवापत ठूलाे रकम भुक्तानी गर्दै आएका छन् । अन्ततः विदेशी मुद्रा पुनः बाहिरि रहेकाे छ। भूकम्प र जलवायू परिवर्तनबाट निम्तिने स‌ंकटकाे उच्च जाेखिममा रहेकाे नेपालकाे बीमा कम्पनीले नेपालकै पुनर्बीमा कम्पनीमाथि निर्भर भएकाे अवस्थामा कुनै बेला महाभूकम्प वा ठूलाे प्राकृतिक प्रकाेप आइपरेकाे अवस्थामा बीमितले पर्याप्त बीमा दाबी समेत प्राप्त गर्न सक्ने छैनन् ।

स्थानीय बीमा कम्पनीले विदेशी बीमकसँग पुनर्बीमा गर्दा अन्तर्राष्ट्रिय पुनर्बीमा अभ्यासबारे प्रशिक्षित हुने अवसर प्राप्त हुने भएपनि स्वदेशी पुनर्बीमकसँग मात्र स‌ंस्थागत सम्बन्ध रहँदा यस्ताे अवसरबाट विमूख हुनेछन् । स्वदेशी जीवन बीमा कम्पनीले विश्वकै उत्कृष्ट पुनर्बीमक हनाेभर रि, स्कर सेलगायतसँग पुनर्बीमा गर्दै बीमितलाई विश्वस्त तुल्याउँदै आएका थिए । अहिले तुलनात्मकरुपमा सीमित पूँजी, कमजाेर जाेखिम बहन क्षमता र उही भूगाेलमा रहेका स्वदेशी पुनर्बीमकसँग पुनर्बीमा गर्नु स्वदेशी बीमक मात्र नभएर बीमितका लागी समेत राम्रो अवस्था मान्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

10%
happy

खुसी

10%
sad

दु :खी

30%
amazed

अचम्मित

10%
excited

उत्साहित

40%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS