IME Life New

लिबर्टी माइक्राे लाईफकाे सिइओमा यादवकाे नाम सिफारिश,बीमामा दुई दशककाे अनुभव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । लघु जीवन बीमा कम्पनी लिबर्टी माइक्राे लाईफ इन्स्याेरेन्स लिमिटेडले सिइओमा रामकुमार यादवकाे नाम प्रस्ताव गरेकाे छ। लिबर्टीकाे सञ्चालक समितिकाे बैठकले यादवकाे नाम चयन गर्दै नियुक्तिका लागी नियामक नेपाल बीमा प्राधिकरण समक्ष पूर्व स्वीकृति मागेकाे छ।

प्राधिकरणबाट स्वीकृति पश्चात यादवले प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारी सम्हाल्नेछन् । मेट लाईफ इन्स्याेरेन्समा १९ वर्ष कार्य गरि हेड अफ अपरेशन (सञ्चालन प्रमुख)को जिम्मेवारी समेत सम्हालि सकेका यादवले नेपाल पुनर्बीमामा जीवन बीमा विज्ञकाे रूपमा समेत काम गरेका छन् ।

Esewa
Crest

त्रिभूवन विश्वविद्यालयबाट विज्ञान र व्यवस्थापन विषयमा स्नातकाेत्तर उपाधि हासिल गरेका यादवले कपिलवस्तुबाट विद्यालय तहकाे अध्ययन पुरा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

87%
happy

खुसी

0%
sad

दु :खी

7%
amazed

अचम्मित

7%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS