IME Life New

निर्जीवन बीमकले स्वधारण सीमा बढाए, ट्रिटी पुनरावलाेकन गर्न नेपाल रिलाई दिए सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । निर्जीवन बीमकहरूले जाेखिम समूह अन्तर्गत खुद धारण क्षमता वृद्धि गर्दै पुनर्बीमा सन्धी प्रस्ताव पुनरावलाेकन गर्न नेपाल पुनर्बीमा कम्पनी (NRIC) लाई आग्रह गरेका छन् । नेपाल बीमक स‌ंघकाे अगुवाईमा नेपाल पुनर्बीमा कम्पनीलाई पत्राचार गर्दै निर्जीवन बीमकहरुले चालू आर्थिक वर्षका लागी ४ कराेड रुपैयाँ स्वधारण निर्धारण गरिएकाे जानकारी दिएका हुन् ।

निर्जीवन बीमककाे खुद धारण क्षमता वृद्धि भएपनि नजरअन्दाज गर्दै नेपाल पुनर्बीमा कम्पनीले पुरानै प्रावधान अनुसार जाेखिम धारण सीमा निर्धारण गर्दै एकतर्फी रुपमा पुनर्बीमा सन्धी प्रस्ताव गरेपछि निर्जीवन बीमकले असन्तुष्टी जनाएका छन् । संघले पुनर्बीमा सम्झाैताकाे शर्त तथा कमिशन दरमा कुनै फेरबदल नगरी गत आव २०७९/८० मा कायम कमिशन दरलाई नै कायम राखी पुनः प्रस्ताव पेश गर्न समेत अनुराेध गरेकाे छ।

Esewa
Crest

गत आवमा स्वधारण ३ कराेड रुपैयाँ रहेकाेमा चालू आव २०८०/८१ मा ४ कराेड रुपैयाँ कायम गर्नका लागी स‌ंघकाे नेतृत्वमा सबै निर्जीवन बीमकबीच सहमति भएकाेले  संघले नेपाल पुनर्बीमा कम्पनीलाई जारी गरेकाे पत्रमा उल्लेख छ । स‌ंघले पुनरावलाेकनका लागी पुनर्बीमालाई दिएकाे समय सीमा साउन १० गते पुरा हुँदैछ।

चुक्ता पूँजी वृद्धिसँगै बीमा कम्पनीहरुकाे खुद सम्पत्ती (नेट वर्थ) मा पनि उल्लेख्य वृद्धि भएकाे जनाउँदै नेपाल बीमक संघले निर्जीवन बीमककाे स्वधारण क्षमतामा वृद्धि भएकाे उल्लेख गरेकाे छ ।

बीमककाे पुनर्बीमा निर्देशिका २०८० काे प्रावधान अनुसार निर्जीवन बीमकले नेट वर्थकाे अधिकत्तम ५ प्रतिशतसम्म खुद धारण गर्न सक्छन् । मुलुककाे शान्ति सुरक्षा तुलनात्मकरूपमा सन्ताेषजनक अवस्थामा रहेकाेमा जाेखिम समूह अन्तर्गत हाल तुलनात्मकरूपमा न्यून जाेखिम भएकाले निर्जीवन बीमकले खुद धारण सीमा वृद्धि गर्दै लगेका हुन् ।

निर्जीवन बीमककाे पूँजी २५ कराेड रूपैयाँ मात्र हुँदा जाेखिम समूह अन्तर्गत निर्जीवन बीमकले स्वधारण गर्ने जाेखिमकाे न्यून सीमा निर्धारण गरिएकाे थियाे । प्राधिकरणले निर्जीवन बीमककाे चुक्ता पूँजी क्रमशः वृद्धि गर्दै लैजाँदा हाल न्यूनत्तम चुक्ता पूँजी २ अर्ब ५० कराेड रूपैयाँ पुगि सकेकाे छ। कुनै पनि कम्पनीकाे कूल सम्पत्तीबाट कूल दायीत्व घटाउँदा बाँकी रहने अ‌ंक नेट वर्थ अर्थात खुद सम्पत्ती हाे ।

चालू आर्थिक वर्षमा जाेखिम समूह अन्तर्गतकाे पुनर्बीमा व्यवसाय सरकारी स्वामित्वकाे पुनर्बीमक नेपाल पुनर्बीमालाई उपलब्ध गराउनका लागी नियामक नेपाल बीमा प्राधिकरणले गत असार २९ मा निर्जीवन बीमकलाई निर्देशन जारी गरेकाे थियाे । यसअघि निर्जीवन बीमकले निजी क्षेत्रबाट प्रवर्द्धित हिमालयन रि इन्स्याेरेन्सलाई समेत बाँड्न निर्देशन दिएकाेमा चालू आव शुरु हुनु दुई दिन अघि मात्र प्राधिकरणबाट यस्ताे निर्देशनात्मक परिपत्र जारी भएकाे हाे ।

खुद सम्पत्तीकाे आधारमा स्वदेशी निर्जीवन बीमकले १० देखि ५० कराेड रुपैयाँसम्मकाे जाेखिम स्वधारण गर्न सक्ने भएपनि स्वदेशी पुनर्बीमक प्रति सदाशयता राखेर न्यून स्वधारण निर्धारण गरिएकाे निर्जीवन बीमा कम्पनीकाे प्रतिकृया छ।

कुनै पनि बीमा कम्पनीले बीमालेखमार्फत् स्वीकारेकाे वित्तीय जाेखिममध्ये आफूले बहन गर्न सक्ने जाेखिमकाे सीमालाई खुद धारण भनिन्छ। खुद धारणभन्दा अधिक जाेखिमलाई बीमकले अन्य बीमक वा पुनर्बीमकलाई पुनर्बीमा सम्झाैतामार्फत् हस्तान्तरण गर्ने प्रचलन रहँदै आएकाे छ।

नेपाल बीमा प्राधिकरणले आतंकवाद जोखिम समूह (RSMDST) को व्यवसाय नेपाल पुनर्बीमालाई नै उपलब्ध गराउन निर्देशन दिएको छ । असार २९ गते निर्जीवन बीमा कम्पनीहरुलाई पत्र जारी गर्दै उक्त निर्देशन दिएको थियो । यसअघि दुई स्वदेशी पुनर्बीमकबीचमा  बाँड्न निर्देशन दिएकाे थियाे । जाेखिम समूह अन्तर्गत नेपाल पुनर्बीमा कम्पनी अगुवा पुनर्बीमक र हिमालयन रिइन्स्याेरेन्स पछुवा पुनर्बीमक रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS