IME Life New

प्रस्तावित पुनर्बीमा कमिशन दर पुनरावलाेकनबारे नेपाल रि मा छलफल हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रत्यक्ष हिस्सा अन्तर्गतकाे पुनर्बीमा कमिशन दर यथावत नराखे स्वदेशी पुनर्बीमा कम्पनीलाई नेपाल बीमक संघले ‘बाइपास’ गर्ने चेतावनी दिएपछि कमिशन दर पुनरावलाेकनका लागी  छलफल शुरू भएकाे छ। नेपाल पुनर्बीमा कम्पनीले चालू आर्थिक वर्ष २०८०।८१ का लागी पुनर्बीमा सम्झाैता नविकरण प्रस्ताव गर्दा कमिशन दरमा व्यापक कटाैती गरेपछि निर्जीवन बीमक कम्पनीहरुले स‌ंघमार्फत् आपत्ती जनाएका हुन् ।

संघकाे चेतावनी पछि  कमिशन दर सम्बन्धमा नेपाल पुनर्बीमामा व्यापक छलफल भएकाे छ। बैठकका क्रममा  पुनर्बीमा कम्पनीकाे तर्फबाट जाेखिम बहन गर्दा घाटा भएकाे भन्ने पुष्टी गर्ने तथ्यांक प्रस्तुत गरिएकाे थियाे ।

Esewa
Crest

नेपाल पुनर्बीमा कम्पनीकाे अगुवाईमा नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्याेरेन्सले स्वदेशी निर्जीवन बीमक कम्पनीहरुबाट प्रत्यक्ष हिस्सा(डाइरेक्ट सेशन) अन्तर्गतकाे जाेखिम स्वीकार्दै आएका छन् । गत आवमा कूल व्यापारकाे ८ प्रतिशत हिस्सा स्वीकारेका पुनर्बीमकले चालू आव २०८०।८१ मा १० प्रतिशत हिस्सा स्वीकार्नुपर्ने नियामकीय प्रावधान रहेकाे छ।

सम्पत्ती बीमा, माेटर बीमा, स्वास्थ्य बीमा, अन्य बीमा,कृषी बीमा, यात्रा बीमा, सामुद्रीक बीमा लगायतकाे बीमाकाे जाेखिमकाे पुनर्बीमा गराएवापत निर्जीवन बीमा कम्पनीले पुनर्बीमा कम्पनीबाट प्राेत्साहनवापत निश्चित रकम कमिशन प्राप्त गर्छन् । नेपाल पुनर्बीमा कम्पनीले कमिशनकाे दर उच्च हुँदा घाटा भएकाे दाबी सहित पुनर्बीमा कमिशन दरमा २ देखि १४ प्रतिशतसम्म कटाैती गरिदिएर चालू आवकाे पुनर्बीमा सम्झाैता नविकरणकाे प्रस्ताव पठाए पनि निर्जीवन बीमकहरु नेपाल बीमक स‌ंघकाे अगुवाईमा विराेधमा उत्रिएका हुन् ।

नेपाल बीमक स‌ंघकाे साउन ४ गतेकाे बैठकले सात दिनभित्र गत आव बमाेजिमकै कमिशन दर यथावत रहने गरी सम्झाैता नविकरणकाे प्रस्ताव नपठाए प्रत्यक्ष हिस्सावापतकाे जाेखिमकाे व्यवस्थापन निर्जीवन बीमा कम्पनीहरुले आफै‌ंले गराउने चेतावनी समेत दिएकाे छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS