IME Life New

नेपाल पुनर्बीमाले वर्ष दिनमा गर्‍याे डेढ अर्ब रुपैयाँ भन्दा बढी दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०७९।८० मा पुनर्बीमा दाबीवापत डेढ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेको छ । कम्पनीले वर्षभरमा कूल १ हजार ४ सय ८२ वटा दाबी अन्तर्गत कूल १ अर्ब ६५ करोड ८३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

पुनर्बीमाबाट सर्वाधिक दाबी रकम स्वदेशी निर्जीवन बीमा कम्पनीले प्राप्त गरेका छन् । स्वदेशी निर्जीवन बीमकले १ अर्ब ३२ करोड ५७ लाख रुपैयाँ दाबी भुक्तानी पाएका छन् । यसैगरी विदेशी निर्जीवन बीमकले १३ करोड ८१ लाख ६४ हजार रुपैयाँ दाबी भुक्तानी प्राप्त गरेका छन् ।

Esewa
Crest

नेपाल पुनर्बीमाका अनुसार स्वदेशी जीवन बीमा कम्पनीले गत आव २०७९।८० मा १३ करोड ८१ लाख रुपैयाँ दाबी भुक्तानी प्राप्त गरेका छन् । स्वदेशी जीवन बीमा कम्पनीले ४०२ वटा बीमा अन्तर्गत यो रकम दाबी भुक्तानी प्राप्त गरेका हुन् ।

 

Business

2080 Asadh

Upto 2080 Asadh

Count Amount Count Amount
Domestic Life 84 52,388,906.60 402 194,394,694.98
Non Life 125 301,847,284.44 898 1,325,763,542.17
International Non Life 15 73,965,647.70 182 138,164,608.05
Total 224 428,201,838.74 1482 1,658,322,845.20

गत असार महिनामा पुनर्बीमा दाबीवापत रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले प्रकाशन गरेको विवरण अनुसार असार महिनामा ४२ करोड ८२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

कम्पनीका अनुसार कूल २२४ वटा दाबी अन्तर्गत यो रकम भुक्तानी गरिएको हो । नेपाल पुनर्बीमा कम्पनीले कूल दाबी भुक्तानीेमध्ये ३० करोड १८ लाख रुपैयाँ स्वदेशी निर्जीवन बीमा कम्पनीलाई भुक्तानी गरेको छ । स्वदेशी निर्जीवन बीमा कम्पनीले कूल १२५ वटा बीमा दाबीवापतको भुक्तानी प्राप्त गरेका छन् ।
यसैगरी विदेशी निर्जीवन बीमा कम्पनीबाट प्राप्त १५ वटा दाबीवापत कूल ७ करोड ३९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
स्वदेशी जीवन बीमा कम्पनीले ८४ वटा दाबी अन्तर्गत कूल ५ करोड २३ लाख ८८ हजार रुपैयाँ भुक्तानी प्राप्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS