IME Life New

कमिशन दर यथावत नराखे पुनर्बीमा व्यवसाय नदिने बीमक संघकाे चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । पुनर्बीमा सम्झाैता अन्तर्गतकाे प्रत्यक्ष हिस्सावापतकाे कमिशन दरमा दुई स्वदेशी पुनर्बीमा कम्पनीले १४ प्रतिशतसम्म कटाैती गर्दै नयाँ कमिशन दर प्रस्ताव गरेपछि निर्जीवन बीमा कम्पनीहरु विराेधमा उत्रिएका छन् । नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि इन्स्याेरेन्सले एकतर्फी रूपमा चालू आवकाे प्रत्यक्ष हिस्सावापतकाे पुनर्बीमा व्यवसाय अन्तर्गत निर्जीवन बीमकले प्राप्त गर्ने कमिशन दरमा २ देखि १४ प्रतिशतसम्म कटाैती गरेपछि नेपाल बीमक स‌ंघले आपत्ती दर्ज गरेकाे छ।

संघले गत आव २०७९।८० कै पुनर्बीमा कमिशन दरलाई निरन्तरता दिएर साबिक बमाेजिमकै सम्झाैता नविकरणका लागी सात दिनभित्र प्रस्ताव गर्न अल्टीमेटम दिएकाे छ। सात दिनभित्र पुरानै सम्झाैता नविकरणकाे प्रस्ताव पेश नगरे प्रत्यक्ष हिस्सावापतकाे व्यवसाय अस्वीकार गरेकाे अर्थमा बुझिलिई बीमकले आफै‌ं जाेखिम व्यवस्थापन गर्ने चेतावनी समेत स‌ंघले दिएकाे छ।

Esewa
Crest

संघले प्रत्यक्ष हिस्सा अन्तर्गत नेपाल बीमा प्राधिकरणकाे निर्देशन बमाेजिम उपलब्ध गराइएकाे व्यवसायकाे जाेखिमकाे मात्रामा कुनै तात्विक वृद्धि नभएकाे अवस्थामा एक्कासी एकतर्फीरूपमा पुनर्बीमा सम्झाैता नविकरणका लागी नयाँ र अत्यन्त न्यून कमिशन दर प्रस्ताव गर्नु करार ऐन विपरित कार्य भएकाे समेत उल्लेख गरेकाे छ।

चालू आर्थिक वर्ष २०८०।८१ का लागी प्रस्तावित पुनर्बीमा कमिशन दर प्रति निर्जीवन बीमा कम्पनीहरुकाे छाता स‌ंस्था नेपाल बीमक संघले आपत्ती जनाउँदै स‌ंशाेधित प्रस्ताव फिर्ता नलिएर प्रत्यक्ष हिस्सावापतकाे जाेखिमकाे व्यवस्थापन आफै‌ंले स्वीकार्ने चेतावनी दिएका छन् ।

गत आवमा प्रत्यक्ष हिस्सा अन्तर्गत सूचीकृत जाेखिम समूहकाे कूल व्यवसायकाे ८-८ प्रतिशत हिस्सा स्वदेशी पुनर्बीमा कम्पनीलाई हस्तान्तरण गरेका निर्जीवन बीमकले पुनर्बीमा निर्देशिका बमाेजिम चालू आवमा प्रत्यक्ष हिस्सा अन्तर्गत १०-१० प्रतिशत व्यवसाय अनिवार्यरुपमा ‘दुई स्वदेशी पुनर्बीमा कम्पनीलाई हस्तान्तरण गर्नुपर्ने बाध्यता छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

17%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS