IME Life New

विश्वव्यापी पुनर्बीमा कम्पनीकाे पूँजी ६०५ अर्ब अमेरिकी डलर नाघ्याे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । विश्वव्यापीरुपमा पुनर्बीमा कम्पनीकाे पूँजी ५ प्रतिशत अर्थात् ३० अर्ब अमेरिकी डलरले वृद्धि भएर ६०५ अर्ब अमेरिकी डलर पुगेकाे छ। पुनर्बीमक एओएनले सार्वजनिक गरेकाे मार्च २०२३ सम्मकाे पुनर्बीमा बजारकाे गतिशिलता प्रतिवेदनले पुनर्बीमा कम्पनीकाे बढ्दाे जाेखिमसँगै पूँजी पनि वृद्धि भएकाे औंल्याइएकाे छ।

बीमा र पुनर्बीमा दलालको विश्लेषणले यस वृद्धिको लागि मुख्य कारणहरूमा संचित मुनाफा, सम्पत्ति मूल्य वृद्धि र  महाविपत्ती ऋण पत्रकाे निष्काशनमा वृद्धिलाई औंल्याइएकाे छ। यस अवधिमा परम्परागत पूँजी र वैकल्पिक पूँजी दुबै निरन्तर बढ्दै गएको छ ।

Esewa
Crest

६०५ बिलियन डलर पूँजी, विश्वव्यापी पुनर्बीमककाे पूँजी २०१७ मा देखिएको समान स्तरमा, र २०२२ को अन्त्यमा ५७५ अर्ब अमेरिकी भन्दा रहेकाेमा सन् २०२१ काे ६७५ अर्ब अमेरिकी डलर भन्दा कम छ।

सन् २०२३ काे पहिलाे त्रैमासकाे अन्त्यमा परम्परागत पूँजी ५०५ अर्ब डलर रह्याे जुन २०२२ मा ४८२ अर्ब अमेरिकी डलर थियो ।  वैकल्पिक पुनर्बीमा पूँजी सन् २०२२ को अन्त्यमा रहेकाे ९३ अर्ब अमेरिकी डलरबाट वृद्धि भएर १०० अर्ब अमेरिकी डलरकाे नयाँ उच्च बिन्दुमा पुगेको छ।

नेपालमा पनि यसवर्ष नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्याेरेन्स दुबैकाे चुक्ता पूँजी वृद्धि हुने देखिएकाे छ। नेपाल पुनर्बीमाले लाभा‌ंशवापत हालकाे चुक्ता पूँजीकाे बाेनश शेयर वितरण गर्दैछ। यसबाहेक निजी क्षेत्रबाट प्रवर्द्धित पुनर्बीमक हिमालयन रिइन्स्याेरेन्सले सर्वसाधारणमा प्रिमियम मूल्यमा साधारण शेयर निष्काशनकाे तयारी गरिरहेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS