काठमाडौं । स्वास्थ्य बीमा बोर्डले ४५९ स्वास्थ्य सेवा संस्थाबाट स्वास्थ्य बीमा सेवा लिन सक्ने भएको छ । सरकारले आर्थिक वर्ष २०७९ ८० को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै यस्तो व्यवस्था गर्ने भएको हो ।
२०७९ फागुनसम्ममा स्वास्थ्य बीमा कार्यक्रम ७७ जिल्लाको ७४७ स्थानीय तहमा विस्तार भएको छ । हालसम्म बोर्डले यस कार्यक्रम अन्तर्गत ३७३ सरकारी अस्पताल, ३३ सामुदायिक अस्पताल र ५३ निजी अस्पताल गरी कुल ४५९ स्वास्थ्य सेवा प्रदायक आवद्ध भएका छन् ।