IME Life New

नेपाल रि काे वित्तीय अवस्था सबल, फेरी पायाे डब्बल ए माइनस रेटिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । रेटिङ एजेन्सी इक्रा नेपालले नेपाल पुनर्बीमा कम्पनी (NRIC, नेपाल रि) कम्पनीको इक्रा एनपि डबल ए माइनस रेटिङ(ICRANP-IR AA-) लाई निरन्तरता दिएकाे छ। शेयर जारीकर्ता कम्पनीकाे रुपमा गरिएकाे वित्तीय सबलीकरणसम्बन्धी मूल्या‌ंकनमा नेपाल पुनर्बीमा कम्पनीकाे वित्तीय दायीत्व पुरा गर्न सक्ने क्षमता सबल देखिएकाे जनाउँदै इक्राले पुरानै रेटिङलाई निरन्तरता दिएकाे हाे ।

यस्ताे रेटिङ प्राप्त गर्ने स‌ंस्थालाई दिइएकाे वित्तीय कर्जा वा उधाराे डुब्ने स‌ंभावना ज्यादै न्यून हुने इक्राले प्रेस विज्ञप्तीमा उल्लेख गरेकाे छ। नेपाल पुनर्बीमामा सरकारकाे ४४ प्रतिशत शेयर स्वामित्व रहेकाे छ। यसकाे साेल्भेन्सी अनुपात ३.२६ प्रतिशत रहेकाे छ अर्थात् कूल दायीत्वकाे तुलनामा कूल सम्पत्ती ३ गुणाभन्दा बढी रहेकाे छ।

Esewa
Crest

सन् २०२१ मा काेराेना बीमावापतकाे दाबी भुक्तानी दायीत्व दिनु परेकाे बाहेक लगातार पाँच वर्षदेखि जाेखिमा‌ंकनबाट बचत गर्न सक्षम रहेकाे इक्रा नेपालले उल्लेख गरेकाे छ।यसबाहेक शेयर पूँजीमा ७ प्रतिशत र सम्पत्तीमा ६ प्रतिशतको औसत प्रतिफल हासिल गरेकाे उल्लेख छ।

अन्तर्राष्ट्रियरुपमा पुनर्बीमा सेवा विस्तार गर्ने घाेषणा गरे पनि यसकाे कूल व्यापारमा विदेशी व्यापारकाे हिस्सा जम्मा ६ प्रतिशत रहेकाे छ। बाँकी ९४ प्रतिशत व्यापार स्वदेशी बीमा कम्पनीबाट प्राप्त गरिरहेकाे छ। स्वदेशी बीमा कम्पनीहरुमा पनि निर्जीवन बीमा कम्पनीबाट प्राप्त हुने बीमाशुल्क आम्दानीले कूल काराेबारमा ७९ प्रतिशत हिस्सा ओगटेकाे छ। पछिल्ला वर्षहरुमा निर्जीवन बीमाकाे पुनर्बीमावापतकाे दाबी क्रमशः बढ्दै गइरहेकाले जाेखिमा‌ंकनवापतकाे कूल बचतमा समेत दबाब पर्न सक्ने इक्राले टिप्पणी गरेकाे छ।

व्यापारकाे ठूलाे हिस्सा नेपालभित्रै सीमित रहेकाले भाैगाेलिक एकाग्रताका कारणा हुन सक्ने जाेखिम उच्च रहेकाे अवस्था समेत इक्राले प्रतिवेदनमा उल्लेख गरेकाे छ।

सबैखाले पुनर्बीमा जाेखिमवापत नेपाल पुनर्बीमाले पर्याप्त पुनर्बीमा व्यवस्था गरेकाे छ। कम्पनीले हनाेभर रियुक्से(Hannover Re) सँग पुनर्बीमा व्यवस्था गरेकाे छ। यसैगरी प्रति जोखिम बीमावापत कम्पनीकाे खुद धारण तल्लाे स्तर अर्थात प्रति जाेखिम १० कराेड रुपैयाँसम्म मात्र रहेकाे छ। याे भन्दा बढीकाे क्षतिपूर्तीका लागी दाबी परेकाे अवस्थामा विदेशी पुनर्बीमा कम्पनीबाट दाबी प्राप्त गर्नेछ । यसबाहेक भूकम्प लगायतका विनाशकारी प्राकृतिक विपत्तीका लागी पनि २५ अर्ब भन्दा माथिकाे दाबी विदेशी पुनर्बीमकले व्यहाेर्नेछ।

अन्तर्राष्ट्रिय बजारमा व्यापार विस्तार गर्नका लागी सरकारी कम्पनीकाे परिचय मात्र पर्याप्त नभएपछि याे कम्पनीले अन्तर्राष्ट्रिय स्तरकाे क्रेडिट रेटिङका लागी दुई पटक सम्म सार्वजनिक सूचना प्रकाशन गरेकाे छ। अझैसम्म रेटिङ सम्बन्धमा टुङ्गाे लाग्न सकेकाे छैन।  निजी क्षेत्रकाे पुनर्बीमा कम्पनी हिमालयन रि इन्स्याेरेन्सले वर्ष दिनमा २ पटक एएम वेष्टबाट अन्तर्राष्ट्रिय स्तरकाे रेटिङ सम्पन्न गरेर प्रमाण पत्र समेत हासिल गरिसकेकाे छ। अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ नहुँदा यस पटक देखि नेपाल रिले भारतीय बजारकाे व्यापार समेत गुमाउनु परेकाे छ। भारतकाे बीमा नियामकले अन्तरसीमा पुनर्बीमक(क्रस बाेर्डर रिइन्सुरर)का लागी पनि अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ अनिवार्य गरिदिएपछि नेपाल रि अप्ठेराेमा परेकाे हाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

78%
happy

खुसी

0%
sad

दु :खी

22%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS