काठमाडौं । काेराेना (कोभिड–१९) बाट संक्रमित थप ७८ जनाकाे शनिबार परीक्षण(आरटी–पीसीआर र एन्टिजेन)काे क्रममा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपचाररत संक्रमितमध्ये ५० जना निकाे भएर घर फर्किएका छन् ।
विगत २४ घण्टामा गरिएका २ सय २४ जनाकाे आरटी पिसिआर परीक्षणकाे क्रममा २० जनामा एसएआरएस सिओभी २ सङ्क्रमण देखिएको मन्त्रालयले शनिबारको नियमित विज्ञप्तीमार्फत् जानकारी गराएको छ । यसैगरी ९ सय २४ जनामा एन्टिजेन परीक्षण गरिएकाेमा ५८ जनामा संक्रमण पुष्टी भएकाे छ।
मन्त्रालयका अनुसार हाल, देशभर कोभिड-१९ का ३८३ सक्रिय संक्रमितहरू छन्। काेभिड १९ का कारण पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको छ । हालसम्म कोभिड–१९ का कारण नेपालमा १२ हजार २७ जनाको ज्यान गएको मन्त्रालयकाे तथ्यांक छ ।