IME Life New

शुन्य कार्बन उत्सर्जन गठबन्धनबाट जर्मनीकाे पुनर्बीमा कम्पनी हनाेभर पनि बाहिरियाे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । जर्मनीकाे विश्वव्यापी पुनर्बीमा कम्पनी हनाेभर रि पनि जलवायू परिवर्तन सम्बन्धी बीमा कम्पनीहरुकाे गठबन्धनबाट बाहिरिएकाे छ । याेसँगै गठबन्धनबाट एक महिनाकाे अवधिमा बाहिरिने याे तेश्राे पुनर्बीमा कम्पनी बनेकाे छ।

यसअघि जर्मनीकै म्युनिख रि पुनर्बीमा कम्पनी र स्वीटजल्याण्डकाे जुरिच रि पुनर्बीमा कम्पनीले समेत गठबन्धन त्यागेकाे घाेषणा गरेका थिए ।

Esewa
Crest

हरित ग्याँस उत्सर्जन गर्ने उद्यममा लगानी नगर्ने र त्यस्ता उद्यमहरुलाई पुनर्बीमा समर्थन समेत नगर्ने मूल उद्देश्य सहित विश्वका ठूला बीमा र पुनर्बीमा कम्पनीहरुकाे सहभागीतामा स‌ंयुक्त राष्ट्र संघकाे पहलमा नेट शुन्य बीमा गठबन्धनकाे गठन भएकाे थियाे । सन् २०२१ मा भेनिस शहरमा भएकाे जी ट्वेन्टी जलवायु शिखर सम्मेलनका अवसरमा याे गठबन्धन स्थापना भएकाे थियाे ।

याे गठबन्धनमा आबद्ध बीमा कम्पनीहरुले शुन्य हरितग्याँस उत्सर्जनकाे लक्ष्य अनुरुप सन् २०५० सम्ममा आफूले बहन गर्ने जाेखिमहरुमा हरितग्याँस उत्सर्जन गर्ने उद्याेग व्यवसायकाे जाेखिम बहन बन्द गर्ने उद्देश्य लिएका थिए ।

हनाेभरले गठबन्धनबाट बाहिरिने घाेषणा गर्दै जारी गरेकाे विज्ञप्तीमा भनिएकाे छ, “गठबन्धन त्याग्ने निर्णयकाे बावजुद, ह्यानोभर रि आफ्नो दिगोपन रणनीति, सम्बन्धित लक्ष्यहरू र पेरिस सम्झौताको समर्थनमा प्रतिबद्ध छ। र सन् २०५० सम्ममा पूर्ण जलवायु तटस्थता हासिल गर्ने लक्ष्य राख्छ,”।

पुनर्बीमा कम्पनी म्युनिख रिले शुन्य कार्बन उत्सर्जन सम्बन्धी बीमा कम्पनीहरूकाे गठबन्धनका कारण बीमा व्यवसायमा प्रतिस्पर्धा निषेध गर्न सक्ने जाेखिम औंल्याउँदै बाहिरिने निर्णय गरेकाे थियाे । अर्काे पुनर्बीमक जुरिख रिले भने शुन्य कार्बन उत्सर्जन नियन्त्रणकाे संक्रमणकालीन अवस्थामा आफ्ना ग्राहकहरुलाई सहयाेग गर्ने कार्यमा केन्द्रित रहनका लागी गठबन्धनबाट बाहिरिनुपरेकाे दाबी गरेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS