IME Life New

बीमामा लगानीकर्ताको तीव्र आकर्षण, साताभर ७६८ अंकको वृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं, वैशाख ७ । यो साता नेप्से परिसुचक उच्च अंकले बढेको छ । साताभर सबै दिन लगातार बढेको नेप्से १०८ दशमलव १६ अंकले बढेर १ हजार ३ सय ८८ दशमलव ३१ को बिन्दुमा पुगेको छ ।

परिसुचकसँगै यो साता कारोबार रकम पनि उच्च अंकको भएको छ । अधिकांश दिनमा अर्ब रुपैयाँको कारोबार भएकोमा साताभर चार अर्ब ८ करोड ८७ लाख ५७ हजार रुपैयाँको ८८ लाख ५९ हजार ४१० कित्ता सेयर किनबेच भएको छ । यो रकम गतसाताभन्दा ३८ दशमलव ४६ प्रतिशतले बढी हो । गतसाता नेप्सेमा २ अर्ब ९५ करोडको शेयर किनबेच भएको थियो ।

Esewa
Crest

ट्रेडिङ बाहेकका सबै समूहमा उच्च अंकको वृद्धि

यो साता कारोबारमा आएका ट्रेडिङ बाहेकका सबै समूहमा वृद्धि देखिएको छ । जसमध्ये बीमा समूह सबैभन्दा बढी ७६८ दशमलव ४१ अंकले बढेको छ । त्यस्तै लघुवित्त समूह २११ दशमलव ८७ अंकले बढेको छ ।

त्यसैगरी जलविद्युत समूह २ सय ५ दशमलव ६५ अंकले, होटल समूह १९७ दशमलव १४ अंकले, विकास बैंक समूह १३४ दशमलव १७ अंकले, उत्पादन तथा प्रशोधन समूह १०२ दशमलव ५६ अंकले, बैंकिङ समूह ७३ दशमलव ८८ अंकले बढेका छन् ।
त्यस्तै क वर्गका कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स यो साता २१ दशमलव ०५ अंकले बढेर २९४ दशमलव ०३ अंकमा पुगेको छ ।

सर्बाधिक कारोबार हुनेमा सुर्या लाईफ

यो साता सर्वाधिक सेयर कारोबार हुनेमा सुर्या लाईफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको १२ करोड ४२ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यसैगरी कारोबार सेयर संख्याको आधारमा कुमारी बैंक अगाडि देखिएको छ । बैंकको ४ लाख २४ हजार कित्ता सेयर खरिदबिक्री भएका छन् । प्रिमियर इन्स्योरेन्सको सबैभन्दा बढी १ हजार ७ सय ९७ वटा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS