IME Life New

जेम्स एण्ड ज्वेलरी एक्स्पो आजदेखि सुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र खानी तथा भूगर्भ विभागको संयुक्त आयोजनामा शुक्रबारदेखि नेपाल अन्तर्रा्ष्ट्रिय जेम्स एण्ड ज्वेलरी एक्स्पो शुरू भएको छ ।

जेठ ३ गते शुक्रबारदेखि जेठ ५ गते आइतबारसम्म तीन दिन चल्ने उक्त एक्स्पोको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले १०ः ३० बजे गर्नेछन्।

Esewa
Crest

लैनचौरस्थित खानी तथा भूगर्भ विभागमा परिसरमा हुने उक्त एक्स्पोमा सुन, चाँदी, जेम्स, सिल्भर तथा रक र मिनेरल्स लगायत ६० वटा स्टल रहनेछन् । मेलामा नेपाली पत्थरको पनि प्रर्दशनी गरिने छ।

एक्स्पोमा सुन, चाँदीका ज्वेलरीका ३६ वटा, लुज जेम्स ४, सिल्भर ज्वेलरी २, ल्यापिडरी (जेम्स कटिङका) को २ वटा, रक एण्ड मिनरल्स १२ र एजुकेशन ४ ओटा स्टल रहने महासंघका अध्यक्ष रमेश महर्जनले जानकारी दिए।

विभागले मेलाबाट बहुमूल्य तथा अर्धबहुमूल्य रत्न, पत्थर, स्वदेशी कच्चा पदार्थको अन्वेषण, उत्खनन्, प्रशोधन र प्रयोगको सम्भावनालाई स्पष्ट पारी आन्तरिक तथा वाह्य प्रविधि एवं पूँजीलाई आकर्षित गर्ने जनाएको छ।

यसअघि नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंले एकल रूपमा एक्स्पोको आयोजना गर्दै आएकोमा पहिलोपटक नेपाल खानी तथा भूगर्भ विभागसँग संयुक्त रूपमा एक्स्पोको आयोजना भएको हो ।

भारतका जेम्सविज्ञहरूको समेत सहभागिता रहने उक्त एक्स्पोले नेपालमा पाइने बहुमूल्य रत्न, आभूषणको प्रवद्र्धन गर्ने तथा नेपालको मौलिक तथा परापूर्वकालदेखि चलिआएका नेपाली गहनाका स्वरूपलाई अन्तरराष्ट्रिय क्षेत्रमा परिचित गराउनका सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS