IME Life New

नेपाल पुनर्बीमाले अन्तर्राष्ट्रिय क्रेडिट रेटिङका लागी दाेश्राे पटक निकाल्याे सूचना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । नेपाल पुनर्बीमा कम्पनी (NRIC) ले अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ सेवाका लागी आवेदन नपरे पछि पुनः आवेदन माग गरेकाे छ। पुनर्बीमाले यसअघि प्रकाशन गरेकाे १५ दिने सूचना अन्तर्गत आवेदन नपरेपछि म‌ंगलबार दाेश्राे पटक १५ दिने सूचना प्रकाशन गरेकाे हाे ।

नेपाल पुनर्बीमा कम्पनीले क्रेडिट रेटिङ सम्बन्धी परामर्श तथा क्रेडिट रेटिङ सेवा प्रदान गर्न इच्छुक कम्पनीहरूबाट आशय पत्र माग गरेकाेमा आवेदन नपरेपछि दाेश्राे पटक सूचना प्रकाशन गर्नुपरेकाे हाे । अन्तर्राष्ट्रिय बजारमा समेत पुनर्बीमा सेवा प्रदान गरिरहेकाे नेपाल पुनर्बीमाका लागी छिमेकी मुलुक भारतमा व्यापार गर्नका लागी समेत क्रेडिट रेटिङ अनिवार्य भइ दिएपछि बाध्यतावश रेटिङ गराउन अघि सरेकाे हाे । नेपाल पुनर्बीमा कम्पनी संचालनमा आएकाे ८ वर्ष पुरा भइसक्दा समेत अझैसम्म यसकाे अन्तर्राष्ट्रिय रेटिङ एजेन्सीबाट क्रेडिट रेटिङ हुन सकेकाे छैन ।

Esewa
Crest

क्रेडिट रेटिङले कुनै पनि कम्पनीले वित्तीय दायीत्व ताेकिएकाे समयमै पुरा गर्न सक्ने क्षमता कस्ताे छ भन्ने प्रतिबिम्बित गर्छ । यस्ताे रेटिङकाे आधारमा सम्बन्धित कम्पनी जाेखिम बहन गर्न सक्षम रहे नरहेकाे,वित्तीय सबलता रहे नरहेकाे यकीन गर्नका लागी बाह्य पक्षलाई सहयाेग पुर्याउँछ। साथै उच्च श्रेणीकाे क्रेडिट रेटिङ प्राप्त गर्न सक्ने स‌ंस्थाकाे विश्वसनीयता बढाएर व्यवसाय प्रवर्द्धनमा समेत याेगदान गरेकाे हुन्छ।

निजी क्षेत्रकाे लगानीमा स‌ंचालन भइरहेकाे हिमालयन रि इन्स्याेरेन्सले एक वर्षकाे अवधिमा दुई पटक क्रेडिट रेटिङ गराई सकेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

40%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS