काठमाडौं । स्वास्थ्य बीमाका कुल बीमितहरुमध्ये ७० प्रतिशतले यस वर्ष बीमा नवीकरण गराएका छन् । सातौँ स्वास्थ्य बीमा वार्षिकोत्सवको पुर्वसन्ध्यामा स्वास्थ्य बीमा बोर्डले आयोजना गरेको अन्तरक्रिया तथा छलफल कार्यक्रममा ७० प्रतिशतले यस वर्ष बीमा नवीकरण गरेको जनाइएको छ ।
हाल नेपालमा कुल ६४ लाख ५४ हजार ७७२ जनाले स्वास्थ्य बीमा गराएका छन् । स्वास्थ्य बीमा गराएकामध्ये ४५ प्रतिशतले बीमा सेवा लिएका छन । हाल स्वास्थ्य बीमा कार्यक्रम ७७ वटै जिल्लामा फैलिएको र ७ सय ४८ स्थानीय तहका मानिसहरूको बीमामा पहुँच भएको स्वास्थ्य बीमा वोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले बताए ।