काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संचालकमा विश्वराज बराल नियुक्त भएका छन् । नेपाल बैंक लिमिटेडको पत्रानुसार बराल कम्पनीको संचालकमा नियुक्त भएका हुन् । अर्को व्यवस्था नभएसम्मका लागि समितिको संचालक सदस्य रहने गरी चैत ६ गते कम्पनीको संचालक समितिको अध्यक्षबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।


















