IME Life New

जलवायू परिवर्तनका कारण प्रकाेप विरुद्धकाे बीमा व्यवसायमा घाटा बढ्याेः स्वीस रि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । विश्वव्यापी पुनर्बीमा कम्पनी स्वीस रिले प्रकाशन गरेकाे अध्ययन प्रतिवेदनले पछिल्ला छ वर्षयता प्राकृतिक प्रकाेपका कारण हुने बीमा नाेक्सानीमा वृद्धिसँगै जाेखिमा‌ंकन घाटा बढ्दै गएकाे छ।

तथ्याङ्कले जलवायु परिवर्तनसँगै देखा परेकाे प्राकृतिक प्रकाेपका कारण हुने बीमा नाेक्सानीमा विगत ३० वर्षम औसत वार्षिक घाटामा लगभग ५ देखि ७ प्रतिशतले वृद्धि देखिएकाे र भविष्यमा याे बढ्दै जाने स‌ंभावना समेत छ। आर्थिक विकास, शहरीकरण, र जनसंख्या वृद्धिसँगै प्राकृतिक प्रकोपको जोखिममा पर्ने क्षेत्रहरूमा हुने जोखिमहरूको वृद्धिका कारण नाेक्सानीकाे जाेखिम बढ्दै गएकाे छ ।

Esewa
Crest

स्विस रिका अनुसार प्राकृतिक प्रकोपले निम्त्याई रहेकाे वास्तविक जोखिम र पूर्वानुमानित जाेखिम बीचकाे बेमेलका कारण जाेखिमा‌ंकन घाटा बढ्दर् गएकाे हाे । गत वर्षको चक्रवात, हुरी, भूकम्प, समुद्री आँधीका कारण व्यहाेर्नु परेकाे घाटाबाट पुनर्बीमा उद्योग अझै पनि पूर्णरुपमा बाहिर निस्किन सकेकाे छैन ।

प्रतिवेदनका अनुसार सन् २०२२ मा सबै प्राथमिक र माध्यमिक स्तरकाे प्राकृतिक प्रकाेपका घटनाहरू पूर्वानुमानित जोखिमका कारक भएपनि सम्भावित हानिको सम्बन्धमा पुनर्बीमा कम्पनीहरुले गरेकाे पूर्वानुमान भन्दा धेरै बढी थियाे । यो बेमेलले हालैका वर्षहरूमा पुनर्बीमा उद्योगको नाफा घट्दै गएको देखाउँछ। सन् २०१७ देखि, पुनर्बीमा उद्योगले मौसम-सम्बन्धित प्राकृतिक प्रकोप दाबीहरूको लागि ६५० बिलियन अमेरिकी डलर भुक्तानी गरिसकेका  छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS