IME Life New

भारतः ३० प्रतिशत विपन्न जनसंख्या अझै पनि स्वास्थ्य बीमाबाट वञ्चित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । विश्वकै सबैभन्दा ठूलाे सरकारी लगानीकाे सामाजिक सुरक्षा कार्यक्रम प्रधानमन्त्री स्वास्थ्य बीमा याेजनाका बावजुद भारतमा कूल जनस‌ंख्याकाे करिब ३० प्रतिशत जनसंख्या अझै पनि स्वास्थ्य बीमाकाे पहुँचभन्दा बाहिर रहेकाे छ।

“जीवन र स्वास्थ्य बीमामा समावेशिता परिक्षण” प्रतिवेदनमा स्वास्थ्य बीमामा पहुँचकाे दृष्टीकाेणले करिब ४० कराेड आवादी बेपत्ता मध्य मानिएकाे छ, याे समुदाय स्वास्थ्य बीमाकाे लाभबाट वञ्चित सीमान्तकृत समुदाय हुन् । स्वीस रि इन्स्टिच्यूटले सार्वजनिक गरेकाे प्रतिवेदनमा “हराएका मध्य” मा रहेका भारतीयहरू दैनिक श्रम, अनौपचारिक काम वा साना व्यवसाय सञ्चालनमा संलग्न छन्,” उल्लेख छ।

Esewa
Crest

भारत सरकारले स्वास्थ्य बीमा याेजनाका लागी आउँदाे आर्थिक वर्षका लागी ७२ अर्ब भारतीय रुपैयाँ विनियाेजन गरिएकाे छ। याे रकम १ खर्ब १५ अर्ब नेपाली रुपैयाँ बराबर हुन आउँछ ।

प्रतिवेदनमा, “विश्व स्वास्थ्य संगठनकाे तथ्यांक अनुसार भारतमा सन् २०१९ मा ६५ प्रतिशत जनस्वास्थ्य उपचारवापतकाे खर्च सर्वसाधारणले खल्तीबाट व्यहाेर्नु परेकाे थियाे । प्रधानमंत्री जन आरोग्य योजना लागू गरिएपछि स्वास्थ्य बीमामा सहभागीतामा सुधार देखिएकाे छ। प्रधानमन्त्री स्वास्थ्य बीमा याेजना सरकारी लगानी भएकाे विश्वकै ठूलाे स्वास्थ्य बीमा याेजना हाे । याे याेजना अन्तर्गत विपन्न समुदायकाे ५० प्रतिशत जनसंख्या अर्थात् करिब ७० कराेड मानिसलाई सहभागी गराइएकाे छ।

प्रतिवेदनमा प्रतिदवेनमा “विपरीत ध्रुवकाे दुई छेउमा, भारतीय जनस‌ंख्याकाे करिब २० प्रतिशत सर्वाधिक धनी जनसंख्या निजी स्वैच्छिक वा सामाजिक स्वास्थ्य याेजनाबाट लाभान्वित छन्।”

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS