IME Life New

शिखर इन्स्याेरेन्सकाे हवाई बीमा व्यापार घटेपनि पूनर्बीमा कमिशन आम्दानी बढ्याे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । निर्जीवन बीमा बजारमा कूल बीमाशुल्क आम्दानीकाे आधारमा पहिलाे स्थानमा रहेकाे शिखर इन्स्याेरेन्सकाे व्यापारमा हवाई बीमाकाे याेगदानमा गिरावट आएपनि पूनर्बीमा कमिशनवापतकाे आम्दानी उल्लेख्यरुपमा बढेकाे छ। अघिल्लाे आर्थिक वर्षकाे तुलनामा शिखर इन्स्याेरेन्सकाे हवाई बीमामा गत आर्थिक वर्षमा बीमालेख स‌ंख्या, बीमांक र बीमाशुल्क आम्दानी तीनवटै उल्लेखनीयरुपमा घटे पनि हवाई बीमावापत प्राप्त हुने पूनर्बीमा कमिशनमा १४३ प्रतिशतकाे उल्लेख्य वृद्धि देखिएकाे छ।

गत आवमा शिखर इन्स्याेरेन्सले हवाई बीमाबाट प्राप्त पूनर्बीमा कमिशनवापत २ कराेड ९१ लाख ९६ हजार रुपैयाँ आम्दानी गरेकाे छ। अघिल्लाे आव २०७७।७८ मा यस्ताे कमिशन रकम जम्मा १ कराेड १९ लाख १९ हजार रुपैयाँ थियाे ।

Esewa
Crest

शिखर इन्स्याेरेन्सकाे गत आवमा हवाई बीमावापतकाे बीमाशुल्क आम्दानीमा २३ प्रतिशतले गिरावट आएकाे थियाे। अघिल्लाे आव २०७७।७८ हवाई बीमावापत कूल २६ कराेड ४४ लाख रुपैयाँ आम्दानी गरेकाेमा गत आवमा जम्मा २० कराेड ३० लाख रुपैयाँ कूल बीमाशुल्क आम्दानी गरेकाे थियाे । यसैगरी पूनर्बीमा कम्पनीलाई जाेखिम हस्तान्तरणवापत आव २०७८।७९ मा १८ कराेड ९५ लाख रुपैयाँ पूनर्बीमाशुल्क भुक्तानी गरेकाे छ। याे रकम कूल बीमाशुल्क आम्दानीकाे ९३‍.३८ प्रतिशत हाे ।

शिखर इन्स्याेरेन्सकाे वार्षिक प्रतिवेदनका अनुसार आव २०७८।७९ मा हवाई बीमा अन्तर्गत सकृय बीमालेखकाे स‌ंख्या जम्मा ९ रहेकाे थियाे । यसअघि २०७७।७८ मा याे संख्या २०७६।७७ काे ४५ बाट ३२ मा सीमित भएकाे थियाे ।

शिखर इन्स्याेरेन्समा देशकाे सबैभन्दा ठूलाे हवाई उडान सेवा प्रदायक बुद्ध एयर प्रमुख प्रवर्द्धक मध्ये हाे । तर बीमा प्राधिकरणकाे निर्देशन बमाेजिम शिखर इन्स्याेरेन्सले आफ्नै शेयरधनी/प्रवर्द्धक कम्पनीकाे जाेखिमकाे बीमा गर्न पाउँदैन । बुद्ध एयरकाे हवाई बीमा सम्झाैता आइएमई जनरल इन्स्याेरेन्ससँग रहेकाे छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS