IME Life New

निजी अस्पताललाई बीमामा समावेश गर्दा दुरुपयोग हुने सरकारको ठहर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले एक कार्यक्रममा निजी अस्पतालहरुलाई स्वास्थ्य बीमाको जिम्मा दिन नहुने धारणा व्यक्त गरेका छन् । सचिव पोखरेलले निजी अस्पताललाई बीमा दिनु हुँदैन भन्दै उनिहरुले बीमाको दुरुपयोग गरेको दाबी गरेका छन् ।

निजी अस्पताललाई एक समावेश नगर्दा एक दुई वर्ष गाह्रो भए पनि नेपाल सरकारले सरकारी अस्पतालको उन्नती, प्रगती गर्ने उनको धारणा रहेको छ । निजी अस्पताललाई समावेश गर्न नसकिए पनि मेडिकल, डेण्टल कलेज, ठूला अस्पतालहरु, सामुदायिक अस्पताललाई राख्न सकिने उनले बताए ।

Esewa
Crest

उनले मेडिकल, डेण्टल कलेज, ठूला अस्पतालहरुलाई बीमाको जिम्मा दिन सकिए पनि निजी अस्पताललाई बीमा दिँदा दुरुपयोग भइरहेको बताए । उनले अहिलेको स्वास्थ्य बीमा बीमा जस्तो नभइ राज्यले सामाजिक दायित्व पूरा गरेको जस्तो भएको बताए ।

उनले भने, ‘ अहिले हाम्रो बीमा बीमा जस्तो नभएर राज्यले सामाजिक दायित्व पूरा गरेको जस्तो मात्रै भयो । जबसम्म बीमामा को पेमेण्ट सिस्टमको संस्कार आउँदैन, व्यक्तिले केही पैसा तिर्नुपर्ने बाहिर जस्तो केही प्रतिशत, जबसम्म त्यो राख्न सकिँदैन बीमा सक्सेसफुल हुन सक्दैन ।’

सचिव पोखरेलले बीमामा व्यक्तिले केही मात्रै पैसा तिर्ने व्यवस्था नभएसम्म बीमा सफल हुन नसक्ने दाबी गरे । उनले अहिलेको बीमाको अवस्थालाई राज्यले निजी क्षेत्रलाई दिएर अझै १५ वर्षसम्म यही अवस्थामा धान्न नसक्ने बताए ।

यसवर्ष पनि साढे ८ अर्ब भन्दा बढी बीमितहरुले सुविधा लिएको पैसा दिन बाँकी रहेको बताए । उनले प्रिमियम उठाउने पैसाले बीमा सञ्चालन गर्न गाह्रो भएको बताए । उनले बीमामा सरकारका कर्मचारीहरु, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतलाई नसमेटिएसम्म बीमा परिष्कृत हुन नसक्ने बताए ।

उनले भने, ‘ अहिले हाम्रो बीमा बीमा जस्तो नभएर राज्यले सामाजिक दायित्व पूरा गरेको जस्तो मात्रै भयो । जबसम्म बीमामा को पेमेण्ट सिस्टमको संस्कार आउँदैन, व्यक्तिले केही पैसा तिर्नुपर्ने बाहिर जस्तो केही प्रतिशत, जबसम्म त्यो राख्न सकिँदैन बीमा सक्सेसफुल हुन सक्दैन ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS